Techie IT
Mission Khabar

सुुरक्षा सावधानीका पूर्वाधार, उडानको तयारीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल


काठमाडौं । चार्टर्ड प्लाइटको निरन्तरता र विदेशमा रहेका नेपालीहरुको उद्धार तथा स्वदेश फिर्ताको तयारी तिब्र पारिएसँगै नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा सामाजिक दूरीसहितको संरचना बनेका छन् । विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीका अनुसार सामाजिक दूरी कायम गर्नेदेखि उडानका सबै प्रक्रिया व्यवस्थित गराउने गरी भौतिक संरचना निर्माण गरेर सुरक्षित उडानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई तयार बनाइएको हो ।

यो तयारीसँगै उडान भर्ने हरेक यात्रुले अब उडान तालिका भन्दा एक घण्टा अघि नपुगेमा फ्लाईट छुट्ने छ । कोरोना भाइरसको जोखिम रहित उडान भर्नेगरी आवश्यक तयारी पुरा भएपनि विगतको उडान संख्या भने यात्रु जाँच, बोडिङ पास, धावनमार्ग प्रवेश लगायतका प्रक्रियामा बढी समय लाग्ने भएसँगै घट्ने छ । रपछि असार १८ सम्मका लागि भने कोरोना रोकथामका लागि भन्दै उडान अनुमति स्थगन गरिएको छ । रपनि कलडाउनकै बीचमा ८२ वटा अन्तर्राष्ट्रिय उडान भएका छन् । राष्ट्रिय ध्वजावहाक नेपाल वायुसेवा निगमले नै २२ उडान भरेको छ । यी मध्ये २३ वटा कार्गो उडान भएका छन् । मगंलबार मात्रै २ चार्टर्ड उडान भएका छन् ।

विमानस्थल बाहेकको पूर्वाधार निर्माण सुस्त

विभिन्न देशमा फसेका नागरिकलाई स्वदेश ल्याउने तयारी भैरहेको दाबी सरकारले गरिरहँदा आवश्यक पूर्वाधार व्यवस्थापनको तयारी भने निक्कै सुस्त देखिएको छ । ल्याउनासाथ राख्नुपर्ने क्वारेन्टाइन व्यवस्थापन नै सरकारले अहिलेसम्म गर्न नसकेर स्थानीय तहलाई जिम्मा लगाएको छ । देशका धेरैजसो स्थानका स्थानीय सरकारहरु आफूहरुले अहिलेको व्यवस्थापन नै गर्न नुसकेको स्विकार गर्दै थप क्वारेन्टाइन लगायतको पूर्वाधार जुटाउने निर्देशन पालना गर्न नसक्ने अवस्थामा रहेको बताइरहेका छन् ।

पीसिआर जाँच सहित सुरक्षित तरिकाले स्वदेश फर्काइएका मध्ये बस्ने खाने खर्च व्यहोर्नसक्नेहरु होटल क्वारेन्टाइनमा बसेपनि आप्रवासी नेपाली कामदार अर्थात मलेसिया खाडीबाट ल्याउनेहरुको व्यवस्थापन भने बिजोग हुने देखिएको छ । भारतबाट स्वदेश फर्किएकाहरु स्कुल, खुल्ला आकास अर्थात चौरमा त्रिपालमा बस्न बाध्य भएको अवस्थालाई मध्यनजर गरेर पूर्वाधारको जोहो गर्न तीन तहका सरकारी बेलैमा गम्भिर बन्नुपर्छ ।

नेपाल छाड्ने नेपालीहरु बढ्दै

विदेशमा समस्यामा परेका नेपालीलाई उद्धार तथा स्वदेश फिर्ताको तयारी स्वरुप विमानस्थलका पूर्वाधार बन्दैगर्दा देश छाड्ने नेपालीहरुको संख्या भने बढ्दो क्रममा देखिएको छ । कोरियन एयरको फ्लाइट सोमबार त्रिभुवन विमानस्थलबाट दक्षिण कोरियाको सोल उड्दा त्यसमा ६९ जना नेपाली नागरिक उडे । साँझ हङकङका लागि उड्ने नेपाल एयरलाइन्सका तीनवटा विमानका समेत धेरै यात्रु नेपाली थिए । आइतबार अमेरिकाका लागि त्रिभुवन विमानस्थलबाट उडेको कतार एयरवेजको विमानमा एक सय ६३ जना नेपाली अमेरिका उडे ।

कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले चैत ११ गतेदेखि देशब्यापी लकडाउन गरेपछि यहाँ रहेका आफ्ना नागरिक विभिन्न देशले उद्धार गरिरहेका छन् । ती देशमा बसोबासको कागजपत्र भएका नेपालीहरु पनिसँगै सँगै उठ्ने क्रमले निरन्तरता पाइरहेको छ । अमेरिका, जापान, अस्ट्रेलिया, क्यानडा, बेलायतलगायत विभिन्न देशले नेपालबाट गरेका उद्धारका फ्लाइटहरु मार्फत लकडाउन लागू भएयता एक हजार ९ सय ८० जना नेपाली विदेश प्रस्तान गरेका छन् ।

लकडाउनको दुई महिनाभन्दा बढी समयपछि सरकारले भर्खरै मात्र विदेशमा रहेका नेपालीलाई प्राथमिकताका आधारमा उद्धार गर्ने निर्णय गरेको छ । यसबीचमा जर्मनी, फ्रान्स, अस्ट्रेलिया, अमेरिका, क्यानडा, बेलायत, जापान, चीन, भारत, नेदरल्यान्ड्स, मलेसिया, चेक गणतन्त्र, दक्षिण कोरिया, श्रीलंका, मालदिभ्सलगायत देशको उद्धार फ्लाइटबाट ७ हजार ९ सय २१ जना विभिन्न देश पुगेका छन् ।


क्याटेगोरी : पर्यटन / सम्भावना, विकास / पुर्वाधार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्