Techie IT
Mission Khabar

फेरिदै लकडाउनको मोडालिटी, पसल खोलेर व्यवसायीले सुरु गरे बन्दाबन्दीको अवज्ञा


काठमाडौं । सरकारले लकडाउनको मोडालिटी तयार पार्ने जिम्मा कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई दिएको छ । बिहिबारको मन्त्रिपरिषद बैठकले सरोकारवाला निकायसँग छलफल जारी राखेको समितिलाई नै लकडाउनको मोडालिटी टुङ्ग्याउने जिम्मेवारी दिएको हो ।

आइतबारको मन्त्रिपरिषद बैठकले लकडाउनको नयाँ मोडालिटि लागू गर्ने बताइएको छ । केही दिनदेखी नीजि क्षेत्रका व्यवसायीहरुले लकडाउन खुकुलो पारेर व्यवसाय सञ्चालन गर्न नदिए अवज्ञा गर्ने चेतावनी दिएका थिए भने बिहिबार काठमाडौं लगायतका विभिन्न स्थानमा पसल नै खोलेका थिए । निरन्तरको लकडाउनले व्यवसायी आजित बनेर बिरोधमा उत्रिएपछि सरकार लकडाउनको मोडालिटि बारे छलफल गर्न बाध्य भएको हो ।

मंगलबार उद्योगी व्यवसायीसँग छलफल गरेको समितिले बिहीबार शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारावालासँग परामर्श गरेको थियो । उपत्यकाका तीन सिडियोसँगको बैठकमा समेत नेपाल राष्ट्रिय व्यवसायी महासंघका पदाधीकारीले पसल खोल्न पाउनुपर्ने माग राखेपछि लकडाउन खुकोलो पार्ने बारे सिडियोहरुले सरकारलाई जानकारी गराएका थिए ।

बिहिबारदेखी पसल खोलेका व्यवसायीले आवश्यक सुरक्षा सावधानी सहित ब्यापार सुरु गरिएको जानकारी दिएका छन् । सरकारले चैत ११ गते एक साताका लागि सुरु गरेको लकडाउन जेठ ३२ गतेसम्म कायम छ ।


क्याटेगोरी : देश / प्रदेश, पर्यटन / सम्भावना
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्