Techie IT
Mission Khabar

मनपरी भाडामा उड्डयन प्राधिकरणको अंकुश, रोकिए अन्तर्राष्ट्रिय चार्टर उडान


काठमाडौ । नागरिक उड्डयन प्राधिकरणले कुटनीतिक माध्यमबाट हुने चार्टर उडानबाहेक सबैलाई रोक लगाएको छ । प्राधिकरणको एयर ट्रान्सपोट्रेसन डिभिजनले शनिबार साँझ सूचना जारी गर्दै ट्राभल एजेन्सी र एयरलायन्सले सरकारलाई झुक्याएर गर्ने चार्टर उडानलाई रोक लगाएको हो ।

विपतका बेला अन्तर्राष्ट्रिय चार्टर उडानका नाममा एयरलायन्स र ट्राभल एजेन्सीले मनपरी भाडा असुल्न थालेको प्राधिकरणको आरोप छ । डिभिजन प्रमुख सचितभक्त पोखरेलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रायलले सरकारसँग अनुमति नलिइ टिकट बिक्री गर्दै यात्रु चार्टर हुन थालेपछि चार्टर उडानमा कडाई गर्न निर्देशन दिए अनुसार नै सबै अन्तर्राष्ट्रिय एयरलाइन्सहरुलाई टिकट बिक्री नगर्न नगराउन सूचना जारी गरिएको जानकारी दिए ।

मानवीय उद्धार गर्नुपर्ने नै भए सम्बन्धित मुलुकको दुतावासमार्फत् गरिने चार्टर उडानका लागि मात्रै अनुमति दिइने भनिएको छ । चैतपछि मात्रै विभिन्न एजेन्ट र ट्रभल एजेन्सी मार्फत १ सय १० वटा अन्तर्राष्ट्रिय चार्टर उडान भएका छन् । सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि भन्दै चैत ९ गतेदेखि अन्तर्राष्ट्रिय र ११ देखि आन्तरिक व्यवसायिक उडानमा रोक लगाएको छ ।


क्याटेगोरी : देश / प्रदेश, पर्यटन / सम्भावना
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्