Techie IT
Mission Khabar

प्रतितोला १० हजारले महंगियो सुन, तोलाको ८७ हजार ४००


काठमाडौं । आइतबार छापावाल सुनको मूल्य प्रतितोला ८७ हजार ४ सय रुपैयाँ तोकिएको छ । तेजावी सुनको मूल्य ८६ हजार ९ सय ६० रुपैयाँ कायम भएको छ । लकडाउनअघि चैत १० मा प्रतितोला ७७ हजार रुपैयाँमा कारोवार भएको सुन लकडाउनपछि अर्थात आइतबार तोलामा करिब १० हजार रुपैयाँले महंगिएको हो ।

अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानी बढेपछि महंगिएको सुनमा सरकारले बजेटमार्फत भन्सार दर थपेसँगै नेपाली बजारमा समेत सुनको मुल्य आकासिएको हो । नेपाल सुन चाँदी ब्यवसायी महासंघले आइतबारका चाँदीको मूल्य प्रतितोला ९ सय २५ रुपैयाँ तोकेको छ । लकडाउनअघि र पछि तुलना गर्दा चाँदी प्रतितोला २ सय रुपैयाँले महंगिएको छ ।

कोरोनाको महामारीसँगै विश्वका धेरै देश लकडाउन भैरहदा र आर्थिक गतिबिधि ठप्प हुँदा पनि सुन महंगिने आँकलन गरिएको थियो । मुल्य तोकिएपनि लकडाउन जारी भएकाले कारोवार भने सुचारु हुन नसकेको सुन व्यवसायीले बताएका छन् ।


क्याटेगोरी : अर्थ / रोजगार, पर्यटन / सम्भावना
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्