न्यूरोड क्षेत्रका व्यवसायी आन्दोलित, सरकारको अलमलमा प्रहरीको धरपकड
काठमाडौं । न्यूरोड क्षेत्रका साना व्यापारी–व्यावसायीहरु सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका छन् । लामो समयको लकडाउनले आफूहरु समस्यामा परेको भन्दै न्यूरोड क्षेत्रका व्यापारीहरुले २२ गतेदेखि आफैं पसल खोलेकोमा मंगलबारदेखी एक्कासी प्रहरीले पसल बन्द गराएपछि उनीहरु सरकारसँग रुष्ट बनेका हुन् ।
बुधबार पनि पसल खोल्न पुगेका व्यापारीहरुलाई प्रहरीले रोकेको छ । ठूलो संख्यामा व्यापारीहरु सडकमा उत्रिएपछि प्रहरीहरुको तैनाथी बढाइएको छ । नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले लकडाउनको निरन्तरताले व्यापार व्यवसाय सन्चालन गर्न नसक्ने अवस्थामा पुगेको भन्दै अब सरकारलाई तालाचाबी बुझाउने बताए । प्रदर्शनमा उत्रिएका व्यापारीहरुले ‘हाम्रो चुल्हो बाल्ने वातावरण बनाइदे सरकार’, ‘रहरले होइन, बाध्यताले आएका हौं’ लगायतका नारा लेखिएका प्लेकार्डहरु प्रदर्शन गर्दै आफूहरुको घर भाडा मिनाहा गर्न, बैंक तथा वित्तीय संस्थाको ब्याज मिनाहा लगायतका माग सरकारसँग राखेका छन् ।
महासंघले बैंक तथा वित्तीय संस्था र सहकारीको ब्याज मिनाहा, तीनै तहका सरकारलाई बुझाउनुपर्ने कर लकडाउन अवधिको मिनाहा, घरभाडा मिनाहा, केरुङ लगायत विभिन्न नाकामा आएका सामान छिटो जाँचपास गरी नेपाल भित्राउने व्यवस्था गर्नुपर्न लगायतका पाँचबुदे माग राख्ने मंगलबार नै सरकारलाई दबाब दिएको थियो । व्यवसायीहरु सरकारले ठूला व्यापारी र साना व्यापारीलाई भेदभाव गरेको भन्दै तत्काल आफना मागहरु सम्बोधन नभएर चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिइरहेका छन् ।
मंगबार प्रहरी र व्यापारीबीच घम्साघम्सी नै भएको थियो । सरकारले लकडाउनको पछिल्लो मिति जेठ ३२ अगाबै लकडाउनको नयाँ मोडालिटि तयार गरेर बजार तथा व्यवसाय चलाएमान गराउने बताउँदै आएपनि निर्णयमा पुग्न नसक्दा सरकार बिरोधी जनमत बढिरहेको छ ।
क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश, पर्यटन / सम्भावना
ट्याग : #hot
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्