Techie IT
Mission Khabar

बेखर्ची बनेका पर्यटकसँग भिसा नवीकरणमा अतिरिक्त शुल्क, विदेशी नियोगको चासो


काठमाडौं । करिब तीन महिनासम्म नेपालमा रोकिँदा बेखर्ची बनेका पर्यटकसँग भिसा नवीकरण गर्दा अध्यागमन विभागले दैनिक ३ डलरका दरले अतिक्ति शुल्क उठाएकोप्रति नेपालस्थित विदेशी नियोगले आपत्ती जनाएका छन् । विदेशमा समस्यामा परेका तपाईंका नागरिकलाई हामीले आम माफीसम्म दिएर संरक्षण गरिराखेका छौं हाम्रा नागरिकलाई किन भिसा शुल्क भन्दै नेपालस्थित विदेशी दूतावासले नेपाल सकाको कदमको आलोचना गरेका हुन् ।

गृह मन्त्रालयले लकडाउनको अवधिमा भिसा सकिने पर्यटकसँग लकडाउन खुलेको ७ दिनसम्म विनाकुनै शुल्क तथा जरिवाना भिसा थप्ने निर्णय गरेपनि लकडाउन लम्बिएपछि गृहले नै नेपालमा थुनिएका पर्यटकबाट पैसा उठाउने जुक्ति निकालेको कतिपय पर्यटन क्षेत्रका जानकाहरु बताउछन् । व्यापक गुनासो र आलोचनापछि गृहमन्त्रालय आफ्नो निर्णयबाट पछि हटेर साविक कै निर्णयअनुसार अतिरिक्त शुल्क बिनै भिसा थप्ने निर्णय भएको अध्यागमन विभागका महानिर्देशक रमेशकुमार केसीले जानकारी दिए ।

लकडाउन सुरु भएको ११ चैतभन्दा अगाडि नै भिसा अवधि सकिएका तर आफ्नै लापरवाहीले नवीकरण नगरेका विदेशी नागरिकको हकमा भने नियमअनुसार नै शुल्क लिइने अध्यागमन विभागले जनाएको छ । ट्राभल भिसामा आएकाहरुसँगै अन्य प्रयोजनमा आएका व्यक्तिको हकमा समेत नियमानुसार हुने बताइएको छ ।

राजस्वको लोभमा अप्ठ्यारोमा परेका विदेशीहरूसँग शुल्क असुल्ने क्रम चुलिएपछि आलोचनासँगै नेपालस्थित विदेशी दूतावासको गम्भिर ध्यानाकर्षण गराएको अध्यागमन विभाग र पर्यटनबोर्ड नै स्विकार गरेका छन्


क्याटेगोरी : देश / प्रदेश, पर्यटन / सम्भावना
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्