Techie IT
Mission Khabar

लकडाउन खुकुलो बनेपनि बढेन व्यापार, ग्राहक कुरेर दिन विताउँदै व्यापारीहरु


काठमाडौं । न्युरोड, खिचापोखरी र महाबौद्ध क्षेत्रमा पसल खोलेका व्यवसायीहरुले ग्राहकको प्रतिक्षामा दिन बिताउने गरेका छन् । न्युरोड गेटबाट महाबौद्धसम्म पुग्दा अनेकथरीका सामानले सजिएका पसलहरू खुलेसँगै भिडभाड बढेपनि अधिकांश व्यावसायी फूर्सदिला देखिन्छन् ।

बिहान आएर पसल खोल्ने र दिनभर बस्ने गरेको दाबी गर्ने व्यापारीहरु कोरोना संक्रमणका कारण ब्यापार ठप्प भएको बताउँछन् । नेपाल राष्ट्रिय व्यापार महासंघ, रञ्जना व्यापारसंग लगाएका पदाधिकारीहरुले ग्राहकलाई मास्क र स्यानिटाइजर अनिवार्य गरिएको जानकारी दिए । लामो समय लकडाउन भएको र ग्राहकसँग खर्च गर्ने रकम कम भएको कारणले मात्रै नभएर सार्वजनिक यातायात नचल्दा समस्या भएको व्यवसायीहरु बताउँछन् ।

अधिकांश व्यवसायीहरु यतिबेला सार्वजनिक यातायात कतिबेला खुल्ला र व्यापार बढ्ला भन्ने आशैआशमा बसिरहेका छन् । तर देशभर बढ्दै गरेको कोरोना संक्रमणले लकडाउन पूर्ण रुपमा कहिलेबाट खुल्छ अझै अनिश्चित छ ।


क्याटेगोरी : अर्थ / रोजगार, पर्यटन / सम्भावना
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्