लकडाउनको मारमा पर्यटन व्यवसाय, ट्रेकिङ गाइडको समस्या कस्ले सुन्ने ?

काठमाडौं । कोरोना महामारीसँगै जारी राखिएको लकडाउन र उडान प्रतिबन्धको असरले पर्यटन क्षेत्र प्रभावित भएको छ । देशभरको पर्यटन व्यवसाय ठप्प भएसँगै यसैमा आश्रित ट्रेकिङ गाइडहरु सबैभन्दा बढी मारमा परेका छन् ।
ट्रेकिङ गाइड एसोसिएसन अफ नेपाल (टिगान) का अनुसार नेपालमा ट्रेकिङ गाइड २५ हजारको हाराहारी छन् । यीमध्ये सक्रिय गाइड मात्रै पनि १५ हजारजति छन् । पर्यटकको सेवामा खटिएर पर्यटन व्यवसायलाई फस्टाउन साथ लिने यी मजदुरहरु भने लकडाउन अवधिमा राहतविहीन भएका छन् । टिगानले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) र नेपाल पर्यटन बोर्डले मजदुरलाई राहत दिनुपर्ने माग पटक पटक गरेपनि आफै थलिएको कारण देखाउँदै उनीहरुले चासो देखाएनन् । टान र पर्यटन बोर्डमा करोडौं रकम मौज्दातको रूपमा रहेपनि गाइडबाटै संकलित उक्त रकम राहतमा प्रयोग भएन ।
अहिलेपनि राहत सहित पछि सामान्य अवस्था भएपछि ट्रेकिङ गाइडहरुलाई काममा फर्किन सहज बनाउनेतर्फ टान र पर्यटन बोर्डले सोच्नुपर्ने आवाज अठिरहेको छ । टिगानका महासचिव सार्की शेर्पा सरकारले साउनपछि पर्वतारोहण गाइडलाई ६ हजार मिटरभन्दा माथि र ट्रेकिङ गाइडलाई त्यसभन्दा तलका क्षेत्रमा सरसफाइलगायत काममा लगाउने र काम अनुसारको तलब दिने आश्वासन दिएपनि टान र पर्यटन बोर्डले त्यो काम गर्न नसकेको बताउँछन् । नयाँ आर्थिक वर्षसँगै बजेट वितरण गरेपछि मजदुरलाई राहत हुने गरी सफाइमा लगाइने भनिदैगर्दा टिगान ट्रेकिङ गाइडलाई असर पर्ने किसिमले नेपाल सरकारले बनाएको कानुनको विरोध समेत गरिरहेको छ ।
ट्रेकिङ क्षेत्रका पर्यटन व्यवसायीले सरकारसँग अन्तर्राष्ट्रिय उडान सुचारु गर्नुपर्ने र देशभित्र पर्यटक सवारी चल्न दिनुपर्ने माग गरेपनि सुनुवाई भएको छैन । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीले सुरक्षाका आवश्यक मापदण्ड अपनाएर भए पनि पर्यटन क्षेत्रलाई खुलाउनुपर्ने बारे पर्यटनमन्त्री र सम्बन्धित सरकारी निकायका प्रतिनिधिसँग छलफल गरेपनि सम्बोधन नभएको बताए ।
कोरोना भाइरसबाट ग्रस्त बनेका कतिपय देशले सुरक्षा सावधानीको आवश्यक मापदण्डमा बसेर पर्यटन क्षेत्रलाई चलाएमान राखेका छन् । ट्रेकिङ क्षेत्रका पर्यटन व्यवसायीले तत्काल सरकारले पर्यटनलाई खोल्नुपर्ने माग गरेपनि हवाई उडानमाथीको प्रतिबन्ध जारी रहदा अन्यौल थप बढेको छ ।
क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश, पर्यटन / सम्भावना
ट्याग : #hot, #tourism, #tourist guide, #टान, #टिगान, #ट्रेकिङ गाइड, #पर्यटन बोर्ड, #पर्यटन व्यवसायी
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्