Techie IT
Mission Khabar

उड्डयन उद्योगमा कोरोना महामारी, १० लाखको रोजगारी शंकटमा


काठमाडौं । विश्वभरका उड्डयन उद्योगमा काम गर्ने १० लाख मानिसको रोजगारीमा शंकट पैदा भएको छ । इन्टरनेटशनल एयर ट्रान्सपोर्ट एसोसिएसन (आईएटीए) कोरोना भाइरस (कोभिड(१९) का कारण उड्डयन उद्योगमा ८४ अर्ब डलरको नोक्सानी हुनसक्ने अनुमान सहित १० लाखको रोजगारी प्रभावित हुने जानकारी दिएको हो ।

यसै साता अमेरिकाका ठूला विमान कम्पनीको एक साझा संस्थाले आफ्ना कर्मचारीहरुलाई यात्रामा आएको उल्लेख्य कमीको कारण देखाउँदै ३६ हजार रोजगारी कटौती हुनसक्ने चेतावनी दिइसकेको छ । लगानी कम्पनी कोभेनका अनुसार अमेरिकी विमान कम्पनीहरुका साढे सात लाख कर्मचारीहरुमध्ये दुई चला कर्मचारी कटौती हुनसक्ने छन् । अमेरिकी विमान कम्पनीको संस्थाले अहिले सरकारलाई २५ अर्ब डलरको राहत प्याकेज बढाउन दबाब दिइरहेको छ । सरकारले दिएको सहयोग लिन कम्पनीहरुले आगामी सेप्टेम्बरसम्म आफ्ना कर्मचारीहरुलाई काममा राख्नुपर्ने हुन्छ । राहत हात पारेसँगै कर्मचारीमाथी धरपकड सुरु हुने कतिपयले आँकलन गर्दै आएका छन् ।

विश्वभरका २९० एयरलाइन्स कम्पनीको प्रतिनिधित्व गर्ने संस्था आईएटीएका अनुसार विमान क्षेत्रमा अहिले रोजगारीमा भइरहेको कटौतीले यो क्षेत्र कति संकटमा छ भन्ने कुरा स्पष्ट पारेको छ । कोरोना भाइरस नियन्त्रणको लागि विश्वभरका धेरै मुुलुकहरुले हवाई उद्योगमा रोक लगाउने निर्णयले अधिकांश देशका उडान कर्मचारी कटौती हुँदा १० लाखको रोजगारीमा असर पर्ने आँकलन गरिएको छ ।

नेपालबाट सञ्चालित नेपाल वायुसेवा निगम र हिमालयन एयरलाएन्स बाहेकका अधिकांश विमान उडान प्रतिबन्धका कारण थन्किएका छन् । आन्तरिक उडान प्रतिबन्द खुलेसँगै चलायमान भएपनि अन्तर्राष्ट्रिय उडान स्थगनको व्ययभारको असर स्वरुप नेपालका उड्डयन कर्मचारी को जागिर समेत कटौतीमा पर्ने आँकलन गर्न थालिएको छ ।


क्याटेगोरी : अर्थ / रोजगार, पर्यटन / सम्भावना, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्