Techie IT
Mission Khabar

पाशुपत क्षेत्रको बृहत्तर विकासका नाममा मनोमानी, गुरुयोजना एउटा काम अर्कै

पशुपति क्षेत्र विकास कोषको काम गराईमा स्थानीयको आक्रोश


काठमाडौं । विश्व सम्पदा सूचिमा सुचिकृत पशुपति क्षेत्रको समग्र रेखदेख र व्यवस्थापनको जिम्मेवारी पाएको पशुपति क्षेत्र विकास कोष एकपछि अर्को बिवादमा मुछिदै आएको छ । समग्र पाशुपत क्षेत्रको विकासका लागि ल्याइएको गुरुयोजना बारे स्थानीय तह र नागरिकलाई समयमा जानकारी नगराउँदा र गुरु योजना अनुसार कोषले काम समेत नगर्दा पाशुपत क्षेत्रको बृहत्तर विकास प्रभावित हुँदै आएको छ ।

ऐतिहासिक तथा धार्मिक पर्यटकीय दृष्ट्रिकोणले महत्वपूर्ण मानिने पाशुपत क्षेत्रको बृहत्तर विकासका लागी गुरुयोजना तयार गरेर काम थालेको लामो समय भएपनि अहिलेसम्म झारो टार्ने काम बाहेक केही हुन सकेको छैन । करिब २ सय ४० हेक्टर जमिनमा फैलिएको पाशुपत क्षेत्र र पशुपतिनाथ मन्दिर व्यवस्थापनका लागि कोषले बिगत देखिनै बिभिन्न योजना बनाएपनी काम भने योजना बिपरीत हुँदै आएको छ । गुरुयोजना अनुसार काम गर्न नसकेको, गुरुयोजना बनाउँदा स्थानीय तह र स्थानीय बासिन्दासँग समन्वय नगरेको लगायतका कारण विवादित बन्दै आएको पशुपति क्षेत्र विकास कोषले गुरुयोजना स्विकृत नै नगरि पूर्वाधार निर्माण लगाएको काम थालेर स्थानीयलाई आक्रेशित बनाउँदै आएको छ । आइतबार समेत पशुपति क्षेत्र विकास कोषले पछिल्लो गुरुयोजना बारे आयोजना गरेको कार्यक्रम स्थलमै पशुपति क्षेत्र विकास कोष खारेजीको माग गर्दै नारा लाग्यो ।

पाशुपत क्षेत्रको बृहत्तर विकासका लागि आफ्नो जग्गा जमिन दिएका स्थानीय गुरुयोजना अनुसार काम नभएको भन्दै लामो समयदेखी पशुपति क्षेत्र विकास कोषका गतिबिधिको बिरोध गरिरहेका छ । तर कोषले गल्ती सुधार्नुको साटो मनलाग्दी विकासलाई निरन्तरता दिइरहेको छ । धार्मिक, आध्यात्मिक, पर्याटकिय, पुरातात्यीक, संस्कृतिक, एतिहासिकताको धरोहरको रुपमा मानिएको पशुपति क्षेत्रको विकासमा कोषले झारो टार्ने काम मात्र गरेको भन्दै स्थानीय आशमान संगतले आक्रोश पोखे । उनी मात्रै होइन स्थानीय कृष्णमान श्रेष्ठले समेत प्रत्येक बर्षका काम गराई गुरुयोजना बिपरित भएको र आफूहरुसँग समन्वय नभएको भन्दै कोषको काम गराइमा प्रश्न उठाए । पशुपती क्षेत्रका सम्पदाको संरक्षण, सेवा सुविधाको अवस्था, पूर्वाधार निर्माण लगायतलाई समेटेर २०५६ साल देखि १० बर्षे गुरुयोजना बनाएर काम गर्दै आएको छ । तर स्थानीय गुरु योजन बनेदेखी नै असन्तुष्ट छन् । एकतर्फी र मनोमानी रुपमा अघि बढाइएको गुरुयोजना बारे काठमाडौं महानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष दिनेश कुमार ढंगोल समेत अनविज्ञ छन् ।

वडाले समेत गुरुयोजना बारे छलफल नै नगराई आफूखुसी काम गर्दै आएको आरोप लगाउँदा पशुपति क्षेत्र विकास कोष भने पाशुपत क्षेत्रको विकासमा जिम्मेवार भएर काम गरिरहेको दाबी गर्छ । स्थानीयको बिरोधकाबीच पशुपति क्षेत्र विकास कोषले आफ्नो काम गर्दै आएको छ । लाखौ नागरिकको आस्थाको धरोहर मानिएको पशुपतिनाथ क्षेत्रको बृहत्तर विकास हुनुपर्छ । तर यसो भन्दैमा हिजो पाशुपत क्षेत्रका लागि योगदान गरेका स्थानीयको माग र आवाजलाई बेवास्ता गर्न पनि मिल्दैन । विश्व सम्पदा सूचीमा सुचिकृत पाशुपत क्षेत्रको गुरुयोजना र बृहत्तर विकासमा स्वार्थ र राजनीति नहोस् ।


क्याटेगोरी : देश / प्रदेश, पर्यटन / सम्भावना, विकास / पुर्वाधार
ट्याग : #breaking, #काठमाडौं महानगरपालिका, #गुरुयोजना, #पशुपति क्षेत्र विकास कोष, #पशुपतिनाथ मन्दिर, #पाशुपत क्षेत्र, #पूर्वाधार निर्माण, #विश्व सम्पदा सूची

तपाईको कमेन्ट लेख्नुहोस्