मौलिक खानाको प्रवद्र्धनमा सेफहरु, जाग्ला त लकडाउनले सिथिल बनेको नेपाली पर्यटन ?

काठमाडौं । चार महिना लामो लकडाउन खुलेसँगै पर्यटन क्षेत्रको भावी योजना बारेको अन्यौल बढिरहदा नेपाली मौलिक खानाको प्रदर्शन गरिएको छ । ललितपुरको सातदोबाटोस्थित आईएचएम कलेजमा नेपाली मौलिक खानाको प्रवर्द्धन कार्यक्रम मार्फत ३० जना सेफहरुले देशका ७ प्रदेशलाई प्रतिनिधित्व गर्ने विभिन्न जातजातीका १३ ओटा रैथाने खानाको प्रदर्शन गरेका हुन् ।
लकडाउनका कारण होटल तथा रेस्टुरेन्ट व्यवसाय बन्द भएर लामो समय घरमै थन्किएका सेफहरुले मौलिक खानाका नयाँ स्वाद पस्कदै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्नसकिने लक्ष्य सहित विभिन्न स्थानीय खाना सार्वजनिक गरे । प्रदेश एक बाट राजबंशी समुदायको भक्का, शेर्पा समुदायको फाल्गी, प्रदेश २ बाट मधेशी समुदायको रैथाने खाना कटिया, राई समुदायको किनामा, प्रदेश ३ बाट नेवार समुदायको चटामरी, आलु, तामा र बोडी, त्यस्तै प्रदेश ४ बाट आलंखु र काटुङ्ग , प्रदेश ५ बाट ढकनी र कागुनोको खिर तथा ६ नम्बर प्रदेशबाट मार्सी चामलको भात र कोदोको ढिडो, ७ नम्बर प्रदेशको प्रतिनिधित्व गर्दै सेफहरुले रोटा र चटनीलाई प्लेटिङ्ग गरेर देखाएका थिए ।
बन्दाबन्दीले ग्रामिण पर्यटनमा परेको प्रत्यक्ष असर र अझै केही समय पर्यटकहरु आउने सम्भावना नहुँदा होमस्टे व्यवसाय बन्द रहने आँकलन सहित सेफहरुले मौलिक खानाको स्वादबाट स्वदेशी पर्यटनका साथै स्थानीय उपभोक्तालाई आकर्षित गर्न र मौलिक खानाको प्रवर्द्धन हुने विश्वास लिएका छन् । आईएचएम कलेजसँगको सहकार्यमा ग्लोबल नेप्लिज सेफ फेडेरेसनको आयोजना र हस्पिटालिटी गाइड्सले व्यवस्थापन गरेको कार्यक्रममा नेपाल सरकार , तारागाउँ विकास समितिका होमस्टे प्रशिक्षक, सेफ लगायतको सहभागिता थियो ।
प्राविधिक शिक्षा तथा व्यसायिक तालिम परिषद सिटिमइभिटिका पाठ्यक्रम विकास महाशाखाका निर्देशक मिस्टरकान्त मैनालीले नेपाली सेफ प्रशिक्षक र प्रशिक्षार्थी केन्द्रित रहँदै नेपाली मौलिक खानाको विषयमा छुट्टै पाठ्यक्रम निर्माण गरिरहेको जानकारी दिए । होमस्टे एसोसिएसन अफ नेपालका अध्यक्ष केशब बडालले मौलिक खानाको प्रवर्द्धनले होमस्टे व्यवसायलाई उठाउन सकिने धारणा राखे ।
क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश, पर्यटन / सम्भावना
भरखरै प्रकाशित
- १स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- २चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ३ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ४७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
- ५निर्वाचन स्थलमा मतदाताको लाम, सडक र बजार सुनसान !
तपाईको कमेन्ट लेख्नुहोस्