Techie IT
Mission Khabar

साउन १५ बाट सौराहाका होटल खुल्ने, आन्तरिक पर्यटक आउने आश


काठमाडौं चितवन । चैतदेखि लगाइएको लकडाउन अन्त्यको घोषणा गरिएसँगै सार्वजनिक सवारी साधनदेखि उद्योग, कलकारखाना, बजार पूर्णरूपमा खुला भएपनि होटल र पर्यटन क्षेत्र अझै ठप्प जस्तै छन् । चार महिना लामो लकडाउनले सिथिल बनेको पर्यटन क्षेत्र यही साउन १५ गतेदेखि सञ्चालनको तयारीमा जुट्दा सौराहाका होटल समेत खुल्ने भएका छन् ।

सरकारले होटल सञ्चालन गर्न दिने भएपछि अहिले सौराहाका व्यवसायी होल सञ्चालनको तयारीमा जुटेका हुन् । आन्तरिक पर्यटक भित्र्याउनका लागि युवा व्यवसायीको टोलीले शनिबार साइकलयात्रा समेत गरे । क्षेत्रीय होटल सङ्घका अध्यक्ष दीपक भट्टराई कोरोना भाइरसका कारण शिथिल बनेको पर्यटन क्षेत्रलाई उकास्न आन्तरिक पर्यटक प्रवद्र्धन गर्न आवश्यक रहेको बताउँछन् ।

स्वास्थ्य सावधानीका उपाय सहित सौराहा खुला गर्नेगरी सरसफाई लगायतको तयारी अन्तिम चरणमा पुगेको छ भने साउन १५ बाट सौराहाको पर्यटन खुला हुने बताइएको छ ।


क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश, पर्यटन / सम्भावना
ट्याग : #hot, #आन्तरिक पर्यटक, #क्षेत्रीय होटल सङ्घ, #पर्यटन क्षेत्र, #सौराहा, #होटल, #होटल र पर्यटन

तपाईको कमेन्ट लेख्नुहोस्