औपचारिक रुपमै खुला भयो नेपालको पर्यटन, हवाई उडान भने भदौँ १ देखी मात्र

काठमाडौं । २०७६ चैत ११ देखी पूर्ण रुपमा बन्द भएका पर्यटकीय गतिविधि बिहिवारबाट औपचारिक रुपमा खुलेका छन् । होटेल, पर्वतारोहण, पदयात्रा तथा टूरसम्बन्धी व्यवसाय गर्ने कम्पनीहरुले साउन १५ बाट आफ्ना कार्यालय सञ्चालनमा ल्याएका हुन् । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीले कार्यालय फाट्टफुट्ट खुलेपनि तत्काल कुनै विजनेश नभएका कारण धेरै व्यवसायीहरु कार्यालय खोलिहाल्ने सोचमा नभएको बताउँछन् ।
जुलाई ३० बाट नेपालमा पर्यटन खुला भयो भन्ने सन्देश दिने काम भएको भन्दै उनले अब योजना बनाएर अघि बढ्ने बताए । उडान सूचारु कहिलेबाट, कतिजनाको समूहमा आउन पाइन्छ, नेपाल आइसकेपछि क्वारेन्टिनमा बस्नु पर्ने कि नपर्ने लगायतका प्रश्न यतिबेला पर्यटकले चासोपूर्वक सोधिरहेको पर्यटन व्यवसायीहरु बताउँछन् । पर्यटन क्षेत्र खुला भएको घोषणा गरिएपनि साउनभर हवाई उडानको प्रतिवन्ध कायमै रहँदा पर्यटकहरु आउने सम्भावना छैन । केही समय माहौल बनाएर हामी सुरक्षित छौं भन्ने सुनिश्चित गराउन व्यवसायी तयार भएपनि सरकारले प्रभावकारी अनुगमन गर्नुपर्ने व्यवसायीको माग छ ।
पर्यटन विभागकी निर्देशक मिरा आचार्य पर्यटन मन्त्रालयले क्वारेन्टिनका सम्बन्धमा कस्तो मोडालिटी अपनाउने भन्ने सम्बन्धमा छलफल गरिरहेको र टुंगोमा पुगेपछि सबै व्यवसायीलाई सर्कुलर गरिने जानकारी दिए । अहिले पर्यटन क्षेत्र खुला र सुरक्षित रहेको जानकारी दिन सकेमा असोज मंसिरमा पदयात्रामा जाने पर्यटकले अब नेपाल भ्रमणका लागि बुकिङ गर्न थाल्ने व्यवसायीहरु बताउँछन् । उनीहरुले त त्रिभुवन विमानस्थलमा पर्यटकको पिसिआर परीक्षणको व्यवस्था हुनुपर्ने माग गरेका छन् । नेपाल भित्र आइसकेपछि लामो समय क्वारेन्टिनमा राख्ने प्रावधानले पर्यटकमा झण्झट हुने भन्दै बरु शूल्क तिरेर भएपनि विमानस्थलमै पीसीआर परीक्षणको व्यवस्था मिलाउन व्यवसायीले माग गरेका छन् ।
मन्त्रालयले भने केही समय नेपाल आउने पर्यटकलाई कम्तिमा ४ दिनसम्म होटेल क्वारेन्टिनमा राख्ने गरी प्रस्ताव तयार पारेको बताइएको छ । यसले होटेल व्यवसायीलाई फाइदा भएपनि पर्यटक आउने सम्भावना कम हुने चिन्ता व्यवसायीमा छ ।
क्याटेगोरी : देश / प्रदेश, पर्यटन / सम्भावना
ट्याग : #breaking, #ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान), #त्रिभुवन विमानस्थल, #नेपालमा पर्यटन खुला, #पदयात्रा, #पदयात्रा तथा टूर, #पर्यटन मन्त्रालय, #पर्यटन व्यवसायी, #पर्वतारोहण, #होटेल
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्