Techie IT
Mission Khabar

पर्यटन बोर्डले हटायो करारका ४३ कर्मचारी, विदेशको विज्ञापन रद्ध


काठमाडौं । नेपाल पर्यटन बोर्डले करारमा नियुक्त ४३ कर्मचारी कतौती गरेको छ । कोरोना महामारीका कारण ६ महिना कमाइविहीन बनेको बोर्डले ४३ जना कर्मचारीको करार नवीकरण नगरेको हो ।

त्रिभुवन विमानस्थलबाट विदेशी जाने प्रत्येक हवाई यात्रुबाट नेपाल पर्यटन बोर्डले एक हजार रुपैयाँ उठाउने गरेको थियो । यही नै बोर्डको मुख्य आम्दानी थियो । पदयात्रामा जाने पर्यटकलाई दिइने टीम्सकार्ड बिक्री समेत बोर्डको अर्को आम्दानीको स्रोत थियो । पर्यटक आगमन बन्द भएपछि अहिले आम्दानीविहीन बनेको बोर्डले करारका कर्मचारी हटाएको हो । योसँगै बोर्डमा सरसफाइ र भान्सामा काम गर्ने केही कर्मचारीबाहेक सबै करारका कर्मचारी हटेका छन् ।

बोर्डले विदेशमा विज्ञापनका लागि गर्ने खर्च समेत रद्द गरेको छ । बीबीसीसहितका विदेशी सञ्चार माध्यममा गन्तब्य प्रवद्र्धनका लागि छुट्याइएको बजेट कटौती गरिएको हो ।


क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश, पर्यटन / सम्भावना
ट्याग : #करार नवीकरण, #करारका कर्मचारी, #नेपाल पर्यटन बोर्ड, #विदेशमा विज्ञापन

तपाईको कमेन्ट लेख्नुहोस्