नेपालमा रहेका पर्यटकको भिसा थप्न माग, पोखरा चेम्बर अफ कमर्सले बुझायो प्रदेश सरकारलाई पत्र

काठमाडौं पोखरा । पोखरा चेम्बर अफ कमर्स नेपालमा रहेका विदेशी पर्यटकलाई थप केही समय बस्ने वातावरण मिलाउन गण्डकी प्रदेश सरकारसँग अनुरोध गरेको छ । अध्यागमन विभागले २०७७ भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय उडान सञ्चालनमा आएसँगै भिसा अवधि सकिएका विदेशी पर्यटकलाई १५ दिनपछि नेपाल छोड्नुपर्ने नियम बनाएपछि चेम्बरले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयसमक्ष यस्तो अनुरोध गरेको हो ।
पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष किसान सुनारले अध्यागमन विभागले १७ जुन २०२० मा प्रकाशित सूचनाअनुसार अन्तर्राष्ट्रिय उडान शुरुआत भएको १५ दिनभित्रको समयावधिमा सबै विदेशी पर्यटक फर्कन नसक्ने बताए । उनले कोरोना महामारीको वर्तमान अवस्थालाई ख्याल गरेर नेपालमै केही समय बस्न चाहाने पर्यटकलाई सहयोग गर्नुपर्ने जिकिर गरे । पर्यटन बोर्डका अनुसार लकडाउनका कारण नेपालमा एक हजार ५०० भन्दा बढी र पोखरामा लगभग ४ सय ४२ पर्यटक बसिरहेका छन् । विभिन्न कारणले नेपालमा बस्दैआएका पर्यटकलाई भिसा समय थप गरी बस्ने वातावरण मिलाउनुपर्ने माग उठेपनि पर्यटन वोर्ड, अध्यागमन लगायतका सरोकारवाला निकायले केही बोलेका छैनन ।
केही विदेशी पर्यटक आफ्नो मुलुकमा कोरोनाको प्रकोप बढीरहेको र नेपालमै सुरक्षित महसुस गरी बसिरहेका छन् । यस्तो अवस्थामा मानवीय संवेदनालाई समेत ध्यान दिएर पर्यटक मैत्री वातावरण बनाउनुपर्ने भन्दै नेपालका पर्यटन व्यवसायीले दबाब दिए पनि सुनुवाई भएको छैन । १५ दिनको समयावधिमा सबै राष्ट्रमा सिधा उडान एकै पटक सम्भव नभएका नेपाल अड्किएका पर्यटक फर्कन सम्भव पनि देखिदैन । पोखरा चेम्बर अफ कमर्सले प्रदेश मन्त्रालयमा बुझाएको पत्रमा नेपालमा रहेका विदेशी पर्यटक केही समय नेपालमै बस्दा कोरोना भाइरसका कारण जीर्ण भएको पर्यटन क्षेत्रलाई थोरै भए पनि राहात पुग्ने दाबी गरिएको छ ।
नेपाल घुम्न आएका पर्यटक एकाएक भएको बन्दाबन्दीले घुम्न नपाएको र तत्काल फर्कंदा विमानस्थल, ट्रान्जिटमा कोरोनाको उच्च जोखिम रहेको भन्दै फर्कन समेत इन्कार गरिरहेका छन् । पोखरामा केही समय अगाडि विदेशी पर्यटकहरुले पत्रकार सम्मेलन नै गरेर तत्काल स्वदेश फर्कन नचाहेको भन्दै भिसा समय थपेर सहयोग गरिदिन अपिल गरेका थिए ।
क्याटेगोरी : अर्थ / रोजगार, पर्यटन / सम्भावना
ट्याग : #hot, #अध्यागमन विभाग, #अन्तर्राष्ट्रिय उडान, #गण्डकी प्रदेश, #चेम्बर अफ कमर्स, #ट्रान्जिट, #पर्यटकलाई भिसा, #पर्यटन वोर्ड, #पोखरा, #पोखरा चेम्बर अफ कमर्स, #भिसा अवधि, #विदेशी पर्यटक, #विमानस्थल
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्