२५ प्रतिशत अन्तर्राष्ट्रिय र ३३ प्रतिशत आन्तरिक उडान सञ्चालनको तयारी, भदौ एकबाट सूचारु हुनेमा आशंका

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले भदौ १ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक २५ प्रतिशत अन्तर्राष्ट्रिय र ३३ प्रतिशत आन्तरिक उडान सञ्चालन गर्नेगरी तयारी थालेको छ । वायुसेवाका प्रतिनिधि र प्राधिकरणका अधिकारीहरुबीच हालै भएको छलफलका आधारमा भदौ १ गतेदेखि ३३ प्रतिशत आन्तरिक उडान र २५ प्रतिशत अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्नेगरी प्रारम्भीक गृहकार्य सुरु गरिएको हो ।
अन्तर्राष्ट्रिय उडानको तयारी
अब हुने उडान सञ्चालनको अनुमती सीसीएमसीबाट नभई प्राधिकरणले दिनेछ । नेपालमा अन्तर्राष्ट्रिय उडान गर्ने ३० वटा वायुसेवा कम्पनी रहेकोमा सोमबारसम्म १२ वटा विदेशी वायुसेवा कम्पनीले भदौ १ पछिको उडानका लागि अनुमति मागेको र अनुमति माग्ने क्रम जारी रहेको प्राधिकरणले जनाएको छ । १२ वटा कम्पनीले मात्रै सातामा १ सय ५८ वटा उडान गर्न सकिने जनाएका छन् । अन्तर्राष्ट्रिय टर्मिनलको क्षमता १४ सय यात्रुको हो । यहाँ दैनिक ५० देखि ६० हाराहारी अन्तर्राष्ट्रिय उडान हुन्थे । अब नियमित उडानको २५ प्रतिशत मात्रै उडान हुनेछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आन्तरिकतर्फ डोमेस्टिक भवनमा रहेको सिट संख्या ६ सयको आधा प्रति घन्टा ३ सय यात्रुलाई मात्रै सेवा दिन सकिनेछ । आन्तरिकतर्फ सामान्य अवस्थामा दैनिक ३ सयदेखि चार सय ५० हाराहारी (टेक–अफ तथा ल्याण्डिङ) उडान भएकोमा अब ३३ प्रतिशतमा झार्नुपर्नेछ ।
आन्तरिक उडानको तयारी
आन्तरिकतर्फ ३३ प्रतिशत उडान सञ्चालन भएमा भदौ पहिलो साता सुगम रुटमा उडान गर्ने चार वटा वायुसेवामध्ये दैनिक बुद्ध एयरले १७, यति एयरलायन्सले ११, श्री एयरलायन्सले ८ र सिम्रिकलाई २ वटा उडान गर्नेछन् । विमानस्थलका निर्देशक देउचन्द्र लाल कर्णको संयोजकत्वमा गठित कमिटीको छलफलमा भएको प्रारम्भिक सहमति अनुसार दुर्गम उडान अन्तरगत तारा एयरले ३, सीताले ३ र समिटले ३ वटा उडान गर्नेछन् । नेपाल वायुसेवा निगम छलफलमा सहभागी नभएकाले उसले दैनिक कतिवटा उडान गर्ने टुंगो लागिसकेको छैन । ५ वटा चिनियाँ जहाज ग्राउन्डेड गरेपछि अब उसँग दुइटा टुइनअटरमात्रै बाँकी छन् ।
सरकारले चैत ९ गतेदेखि आन्तर्राष्ट्रिय र चैत ११ देखि आन्तरिक उडानमा रोक लगाएपनि त्यसयता एक हजार भन्दा बढी चार्टर उडान भइसकेका छन् । ती उडानबाट करिब ५० हजार यात्रुले सेवा लिएकोमा कार्गोमार्फत कम्तीमा ८ लाख ९७ हजार किलोग्राम निर्यात तथा ७ लाख ९१ हजार किलोग्राम कार्गो आयत भएको विमानस्थलको तथ्यांकमा देखिन्छ ।
नेपालमा कोरोना संक्रमण र मृत्यु दर बढ्दो क्रममा देखिएको छ । अझ काठमाडौं उपत्यका सहित जनघनत्व बढी भएका शहरहरुमा समुदायस्तरमा कोरोना फैलिएको आशंका गरिदैछ । सरकारले परिक्षण बढाएर कोरोनाको अवस्था एकिन गर्न अहिलेसम्म नसकिरहेका कारण तोकिएकै समयमा हवाई उडानले निरन्तरता पाउनेमा समेत आशंका बढिरहेको छ । नेपालमा पुनः लकडाउन नभएको अवस्थामा भने आवश्यक स्वास्थ्य सावधानी सहित हवाई उड्ययनले नियमित उडानको थालनी गर्नेछ ।
क्याटेगोरी : देश / प्रदेश, पर्यटन / सम्भावना, यातायात / यात्रा
ट्याग : #breaking, #अन्तर्राष्ट्रिय उडान, #अब नियमित उडान, #आन्तरिक उडान, #कोरोना संक्रमण, #त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, #नागरिक उड्डयन प्राधिकरण, #विदेशी वायुसेवा कम्पनी, #विमानस्थल, #हवाई उडान
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्