गैरआवासीय नेपाली र विदेशी पर्यटकले तत्काल अनअराइभल भिसा नपाउने

काठमाडौं । सरकारले भदौ एक गतेबाट व्यवसायिक हवाई उडान सुरु गर्ने भने पनि नेपाल आउन चाहने गैरआवासीय नेपाली र विदेशी पर्यटकलाई अनअराइभल भिसा नदिइने भएको छ । बिहीबार परराष्ट्र, गृह, स्वास्थ्य र पर्यटनमन्त्री तथा सचिवहरुबीच भएको संयुक्त बैठकले तत्काल अनअराइभल भिसा नदिने निर्णय गरेको हो ।
नेपाली तथा गैरआवासीय नेपाली र पर्यटकलाई कुन प्रोटोकलका आधारमा नेपाल आउन दिने भन्ने निर्णय भइसकेको छैन । शुक्रबार साँझसम्म गृह र स्वास्थ्य मन्त्रालयका सचिवले १ भदौबाट खुला गरेको हवाई उडान र यसको व्यवस्थापन गर्ने सम्बन्धमा परराष्ट्र र पर्यटन मन्त्रालयलाई मन्त्रालयको प्रस्ताव दिनेछन् । शनिबारसम्म उडान र प्रोटोकलको विषय टुंग्याउने गरी छलफल भइरहेको छ ।
उडान हुने आशमा टिकट काटिसकेका यात्रु, हवाई कम्पनी सञ्चालकको समस्या, मुलुकभित्र फैलिरहेको कोरोना भाइरसको संक्रमण, अर्थतन्त्रलाई चलायमन बनाउनुपर्ने चूनौतीलाई ध्यानमा राख्दै सेफटी प्रोटोकल बनाउने र निर्णय लिनेबारे बिहीबार सरोकारवाला चार मन्त्री र सचिवबीच छलफल भएको आधारमै प्रोटोकल बन्ने बताइएको छ ।
क्याटेगोरी : देश / प्रदेश, पर्यटन / सम्भावना
ट्याग : #hot
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्