फेरी बन्द भए सौराहाका होटल, ब्यवसायी भन्छन्– ‘दशैअघिबाट खोल्छौँ’
काठमाडौं चितवन । चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार सौराहाका होटल खुलेको दुई सातामै बन्द भएका छन् । साउन १५ गतेदेखि खुलेका होटल सरकारले होटल तथा रेस्टुरेन्ट बन्द गर्न भन्दै गरिएको निर्णयसँगै बुधबारदेखि बन्द भएका हुन् ।
क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले चैत ११ गतेदेखि बन्द भएका होटल चार महिनापछि सञ्चालनमा ल्याइपनि सरकारले होटल बन्द गर्ने भनेसँगै पुनः बन्द गरिएको जानकारी दिए । कर्मचारी बोलाएर सरसफाई, मर्मतसम्भार, रङरोगन, इन्टरनेट जडानलगायत काम सकिन नपाउँदै होटल बन्द गर्नुपरेपछि व्यवसायीमा निरासा छाएको छ । भट्टले भने–’हामीले कति दुःख पाउने कर्मचारी बोलायौँ, खर्च गर्यौँ, फेरि बन्द गर्नुपर्यो । रोगको सङ्क्रमणका कारण बन्द गर्नु बाध्यता भए पनि खोल्ने र बन्द गर्ने गर्दा नोक्सानमाथी थप नोक्सान भयो ।’ सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरेले आउँदो दसैँअघिदेखी होटल खोल्नुको बिकल्प नरहेको बताए । सङ्क्रमण बढ्दै गएकाले जिल्ला लकडाउनसँगै लामो दूरीका सवारीसाधन बन्द हुँदा दुई साता खोल्दा समेत होटलमा ग्राहक नआएको उनले बताए ।
चितवनका होटलसँगै रेष्टुरेन्ट पनि बन्द हुन थालेका छन् । किनेर लैजाने ग्राहक केही भएपनि रेष्टुरामा ग्राहक नआउने गरेको व्यवसायीहरु बताउँछन् । क्षेत्रीय होटल सङ्घका अनुसार सौराहामा ११० होटल र साना ठूला १०० हाराहारी रेष्टुरा छन् । सौराहामा होटलमा प्रत्यक्षरुपमा पाँच हजार ५०० भन्दा बढी कामदारले विभिन्न क्षेत्रमा रोजगारी पाएपनि कोरोना महामारीसँगै व्यवसाय नै बन्द अवस्थामा छ ।
क्याटेगोरी : कृषी / उद्यम, देश / प्रदेश, पर्यटन / सम्भावना, समाचार, होटल / रेस्टुरेन्ट
ट्याग : #hot
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्