Techie IT
Mission Khabar

सर्तसहित नियमित उडान : भदौ १६ बाट चार्टर्ड र नियमित उडान हुने देशको तालिका यस्तो


काठमाडौं । उडान स्थगन गरेको करिव पाँच महिनापछि सरकारले पीसीआर परीक्षण सहज भएका देशहरुबाट शर्तसहितको नियमित उडान गर्ने निर्णय गरेको छ । दैनिक ५ सय यात्रु नकट्ने गरी संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्राललयले उडान तालिका बनाएर नियमित उडान खोल्ने निर्णय भएको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए ।

यसरी हुने उडानमा नेपाली नागरिक, कूटनीतिक नियोगका कर्मचारीहरु आउन सक्नेछन् । उनीहरुको ७२ घण्टाभित्र पीसीआर टेष्ट गर्दा रिपोर्ट नेगेटिभ आएको हुनुपर्नेछ सर्त राखिएको छ । नियमित उडान सम्भव नहुने देशबाट भने कुटनीतिक नियोगको संयोजनमा चार्टर विमानबाट विदेशमा रहेका नेपाली स्वदेश फर्कन सक्ने र नेपाल आएपछि ७ दिन होटल क्वारेन्टाइनमा बस्नुपर्नेछ । नेपालमा स्वास्थ्य परिक्षणपछि १४ दिन घरमा छुट्टै बस्नुपर्ने ब्यवस्था गरिएको छ ।

नियमित उडान हुने देशहरु
मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई), दक्षिण कोरिया, थाइल्यान्ड, जापान, चीन, हङकङ, अस्ट्रेलिया, युरोप तथा अमेरिकामा रहेका नेपाली नागरिक मात्रै बोक्ने गरी नियमित उडान गर्न अनुमति दिइएको छ ।

नियमित उडान नहुने देशमा सम्बन्धित देशका नेपाली दूतावासले चार्टर्ड उडान गर्ने छन् ।

चार्टर्ड उडान हुने देशहरु
साउदी अरब, कतार र कुवेत जस्ता पीसीआर परीक्षण सहज नभएका देश । यस्तो देशमा सम्बन्धित देशमा रहेका नेपाली दूतवासले आवश्यकता अनुसार अनुमति लिएर चार्टर्ड उडान गर्न सक्नेछन् ।

सरकारले नेपाल प्रवेश गर्ने हवाई यात्रीको संख्यासमेत तोकेको छ । नियमित तथा चार्टर्ड उडान गर्दा दैनिक पाँच सयभन्दा बढी यात्री नहुने गरी कुन देशबाट कसरी कति यात्री आउने कुन उडानको आवश्यकता भन्ने बारे पर्यटन मन्त्रालयले तालिका प्रकाशन गर्नेछ ।


क्याटेगोरी : देश / प्रदेश, पर्यटन / सम्भावना, विकास / पुर्वाधार
ट्याग : #७ दिन होटल क्वारेन्टाइनमा, #breaking, #उडान तालिका, #कूटनीतिक नियोग, #चार्टर्ड उडान, #नियमित उडान, #नेपाली दूतावास, #संस्कृति पर्यटन तथा नागरिक उड्डयन

तपाईको कमेन्ट लेख्नुहोस्