Techie IT
Mission Khabar

बहुमुल्य ढुङ्गा ‘कार्ज’ खानीमाथी राज्यको वेवास्था, यसरी हुँदैछ राज्यकोषमा अर्बौ घाटा


म्याग्दी, काठमाडौं । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जाको पहाडमा रहेको हीराजस्तै टल्किने बहुमूल्य कार्ज ढुङ्गाखानी उत्खनन हुन नसक्दा राज्यले अर्बौ रुपैयाँ गुमाउँदै आएको छ । हीरा, मोतीजस्ता बहुमूल्य विलासी धातुमा प्रयोग हुने ‘कार्ज’ नामक उक्त ढुङ्गाको खानी गुर्जाको पहाडमा रहेको प्रमाणित भइसक्दा पनि उत्खननका लागि सरकारी तहबाट कुनै पहल नहुँला अलपत्र अवस्थामा छ ।

खानी तथा पुरातत्व विभागले एक दशक अगाडि उक्त ढुङ्गा खानीको पहिचान गरे पनि उत्खननका लागि सरकारका सम्बन्धित निकायले चासो देखाएका छैनन । गुर्जाको घुर्मखोला र गुर्जा हिमालको फेदमा वर्षौअघि पहिचानमा आएको कार्ज ढुङ्गाको खानी आवश्यक उपकरणको अभाव, राज्यको अनुमति नहुनु र स्थानीयवासीको उदासीनताका कारण उत्खनन हुन नसकेको गुनासो गुर्जावासीको छ । सुन, चाँदीजस्ता बहुमूल्य धातुमा जडान गरी गहना बनाउन प्रयोग हुने कार्ज ढुङ्गाको माग बजारमा अत्यधिक रहेपनि नेपालले पहिचान गरेर समेत सदुपयोग गर्न सकेको छैन । गुर्जाबाट बेनी आएर बसोबास गरेका डकर्मी जसवीर विक भन्छन् गुर्जा गाउँदेखि करिब एक दिनको पैदल यात्रापछि पुगिने घुर्मखोला वरपरका पहाडमा रातका समयमा बत्ती बलेझैं गरी टल्कने कार्ज ढुङ्गा म्याग्दीका लागि भिल्लाका देशमा मणिजस्तै बनेको छ ।

धौलागिरि गाउँपालिका—१ गुर्जाका वडाध्यक्ष झकप्रसाद छन्त्यालले कार्ज ढुङ्गाको उत्खननका लागि स्थानीयस्तरबाट सम्भव नभएको र राज्यले चासो नदेखाएका कारण अलपत्र अवस्थामा रहेको बताए । कार्ज स्टोन (ढुङ्गा)का साथसाथै सो स्थानमा हीराको खानीसमेत हुन सक्ने अनुमान गरिएको छ । एकदशक अघि सो स्थानको स्थलगत अध्यययन गरी नमूनासमेत ल्याइएको थियो । सोही नमूना २०६५ सालमा आयोजित म्याग्दी महोत्सवमा प्रदर्शनमा पनि राखियो । प्रदर्शन अवधिमा सबैको आकर्षण बनेको सो कार्ज ढुङ्गा परीक्षणका लागि काठमाडौँ पठाइएपनि खानी तथा भूगर्भ विभागबाट अहिलेसम्म सो ढुङ्गाका विषयमा कुनै औपचारिक जानकारी प्राप्त भएन् । स्थानीय बुढापाकाहरु कार्ज ढुङ्गाको खानी वर्षौ पहिले उत्खनन गरे जस्तो देखिने र नमूना हेर्दा हीराको खानी पनि हुन सक्ने बताउँछन् ।

बजारमा अत्यधिक माग रहेको धातुमा प्रयोग हुने कार्ज ढुङ्गाको खानी उत्खनन गर्न सके स्थानीयवासीले रोजगारीका साथै स्थानीय सरकारको समेत आम्दानीमा सघाउ पुग्नसक्छ । गुर्जाका भिरमा कार्ज खानीमात्र होइन, तामा, शिलाजित, खरी, चुनढुङ्गाका खानी वर्षौंदेखि बन्द अवस्थामा छ । तर मिलिग्रामकै लाखौं पर्ने ये पथ्थरको उत्खनन र सदुपयोग बारे राज्य बेखबर देखिएको छ । नेपाल सुनचाँदी तथा आभूषण महासङ्घ नै यस्ता ढुङ्गा (पत्थर) को प्रति दशग्रामको मूल्य दश लाखभन्दा बढी हुनसक्ने बताइरहेको छ । तर विगतमा खानी सञ्चालकले कच्चा स्वरुपमा नै यस्ता ढुङ्गाको निर्यात गर्ने गरेकोमा दुई वर्षदेखि सरकारले कच्चास्वरुपका यी खनिज पदार्थको निर्यातमा प्रतिबन्ध लगाएर खानी नियमनको भरपर्दो नीति ल्याएर मात्र बिक्रीवितरण गर्ने र निकासी गर्ने भनेपनि अहिलेसम्म केही हुन सकेको छैन ।

औपचारिक रुपमा निकासी रोकिएको भए तापनि खुला सिमानाको फाइदा उठाउँदै अवैध रुपमा यस्ता ढुङ्गाको चोरी तस्करी भने भइरहेको छ ।


क्याटेगोरी : देश / प्रदेश, पर्यटन / सम्भावना, विकास / पुर्वाधार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्