Techie IT
Mission Khabar

एक महिनामा ६० नियमित उडान, पीसीआर परिक्षण नगरेका यात्रु बोके एयरलाइन्समाथी कारबाही


काठमाडौं । सरकारले नियमित अन्तर्राष्ट्रिय फ्लाइटमा पीसिआर परिक्षण नगरेका यात्रुलाई ल्याइए एयरलाइन्सले आफ्नै खर्चमा सबै यात्रुलाई सात दिन होटल क्वारेन्टिनमा राख्नुपर्ने व्यवस्था गरेको छ । सरकारले नियमित उडानमा आउने यात्रुलाई पछिल्लो ७२ घण्टामा गरेको पीसिआर परिक्षणको नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने शर्त राखेको हो ।

सिमित देशमा सेप्टेम्बर १ तारिखबाट नियमित उडान सुरु गर्ने निर्णय गरेको सरकारले नियमित उडान नहुने देशमा चार्टर्डमार्फत नेपालीको उद्धारलाई निरन्तरता दिने भएको छ । पीसिआर गरेका र नगरेकालाई सँगै ल्याउन पाइने छैन । ७२ घण्टा यता पीसिआर परिक्षण गरि नेगेटिभ रिपोर्ट भएका यात्रुलाई होम क्वारेन्टिनमा पठाइने छ । भदौ १६ देखि अन्तर्राष्ट्रियतर्फ खुला गरेको नियमित उडानबाट विदेश पनि जान पाइने भएको छ । तर, जुन देशमा जाने हो उक्त देशमा प्रवेश गर्नुअघि अपनाइनुपर्ने सुरक्षाका सावधानी मान्नुपर्नेछ । नेपालबाट जान चाहने यात्रुले कोरोनाको परीक्षण अनिवार्य गरेर नेगेटिभ रिपोर्ट आएको हुनुपर्नेछ । भने उक्त देशबाट स्विकृती पाएको हुनुपर्नेछ ।

सरकारले पीसीआर गर्न सहज भएका देशहरु मलेसिया, यूएई, दक्षिण कोरिया, थाइल्यान्ड, जापान, चीन, हङकङ, अस्ट्रेलिया, अमेरिका, युरोपलगायत देशमा रहेका नेपालीलाई नियमित उडानमार्फत स्वदेश आउन अनुमति दिएको छ । यी मुलुकमा नेपालबाट पनि जान पाइनेछ । सरकारले सेप्टेम्बर १ देखि अक्टोबर १ तारिखसम्म ६० वटा नियमित फ्लाइट र २७ वटा चार्टर्ड फ्लाइटको तालिका सार्वजनिक गरेको छ ।


क्याटेगोरी : देश / प्रदेश, पर्यटन / सम्भावना, विकास / पुर्वाधार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्