Techie IT
Mission Khabar

करिब ६ महिनापछि आन्तरिक उडान, स्थल र हवाई यातायातमा विभेद भएको भन्दै यातायात व्यवसायी असन्तुष्ट


काठमाडौं । करिब ६ महिनापछि नेपालमा आन्तरिक हवाई उडान सुचारु भएको छ । त्रिभूवन विमानस्थलका अनुसार सोमबार बिहानदेखि आन्तरिक उडान सुरु भएको हो ।

चैत ११ गते कोरोना महामारि नियन्त्रणका लागि भन्दै लकडाउन लागु भएसँगै नियमित उडान रोकिएका थिए । सरकारले आन्तरिक उडान सञ्चालनको निर्णयगरेसँगै सोमबार बिहानदेखि विभिन्न कम्पनिले उडान भर्न सुरु गरेका छन् । नियमित उडान तर्फ सबैभन्दा पहिले सात बजेर ४३ मिनेटमा १६ जना यात्रु नेपाल एयरलाइन्सको विमान काठमाडौँबाट भोजपुरका लागि उडेको छ । यस्तै चार्टर्ड उडान तर्फ ९ जना यात्रु लिएर समिट एयरको विमान काठमाडौँबाट लुक्लाका लागि उडेको छ ।

अन्य उडान विगत जस्तै नियमित तालिकाका आधारमा भइरहेका छन् । सरकारले आधा सिट क्षमतामा मात्रै विमान चलाउने निर्णय गरेपनि एयरलायन्सहरुले विरोध गरेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले घुमाउरो पाराले पूर्ण सिट क्षमतामा विमान चलाउन स्वीकृति दिएको थियो ।

स्थल यातायातको अवस्था
असोज १ गतेदेखि लामो तथा मध्यम दूरीका सवारी साधान भने आधा सिट क्षमतामा तोकिएको भन्दा ५० प्रतिशत बढी भाडा लिएर सञ्चालन भइरहेका छन् । स्थल र हवाई यातायातमा जोखिम उत्तिकै भएको भन्दै फरक फरक मापदण्ड मान्य नहुने भन्दै यातायात व्यवसायीले बिरोध गरिरहेका छन् ।

हुन त अधिकांश सार्वजनिक यातायातमा सेनिटाईजर, एक सिट छाडेर यात्रु राख्नुपर्ने लगायतका स्वास्थ्य सावधानिको निर्देशन पालना भएको भेटिदैन । यात्रुहरु जोखिम मोलेर गर्नुपर्ने यात्रामा ५० प्रतिशत बढी भाडा तिर्नुपरेको गुनासो गरिरहेका छन् । सार्वजनिक यातायातको न्यूनतम भाडा १४ रुपैया छ, यसमा ५० प्रतिशत थप्दा २१ रुपैया हुने भएपनि यात्रुसँगै चढ्नासाथ २५ रुपैया अशुल्ने गरिएको छ ।


क्याटेगोरी : देश / प्रदेश, पर्यटन / सम्भावना, विकास / पुर्वाधार
ट्याग : #breaking, #hot

तपाईको कमेन्ट लेख्नुहोस्