Techie IT
Mission Khabar

आन्तरिक उडान नियमित बन्दै, पर्यटन व्यवसायी उत्साहित


काठमाडौं । आन्तरिक उडान सेवा सुरु भएसँगै लुक्ला, पोखरा, वीराटनगर, भरतपुर लगायतका आन्तरिक विमानस्थलमा नियमित रुपमा उडान सुरु भएको छ । गएको चैत ११ गतेदेखि उद्धार बाहेक बन्द भएको उडान शुरु भएसँगै हवाई उड्डयन र पयटन व्यवसायीमा आशावादी देखिएका छन् ।

यती एयरलाइन्स र बुद्ध एयरले भरतपुर र वीराटनगरमा दुई–दुई उडान भर्न थालेका छन भने पोखरा र लुक्लामा समेत नियमित जस्तै उडान सुरु भएको छ । देशका अन्य विमानस्थलमा पनि उडान नियमित हुन थालेको छ । ६ महिनापछिको पहिलो उडानमा एयरलाइन्सले चालक दलमा दुई जना क्याप्टेन राखेर जहाज उडाएका थिए । सुरक्षा कार्यविधि पूर्णरुपमा अपनाएर उडान शुरु गरिएको विमानस्थल प्रशासनको दाबी छ ।

पोखरा र सौराहामा पर्यटक बढ्ने आश
आन्तरिक उडान र निकुञ्जका गतिविधि शुरु हुन थालेसँगै सौराहाका पर्यटन व्यवसायी उत्साहित देखिएका छन् । झण्डै छ महिनाको बन्दाबन्दी र निषेधाज्ञापछि आन्तरिक उडान र निकुञ्जका गतिविधि सुचारु भएपछि सौराहाका पर्यटन व्यवसायी आफ्नो व्यापार बढ्ने आशा सहित उत्साहित बनेका हुन् । होटल रेस्टुरेन्टमा पर्यटकहरुको चहलपहल नगन्य देखिएपनि टेलिफोनबाट सेवा र सुविधाका बारेमा जानकारी लिनेक्रम निकै बढेको व्यवसायीहरु बताउँछन् ।कोभिड–१९ को महामारीका कारण विगत ६ महिनादेखि बन्द अवस्थामा रहेका होटल रेस्टुरेन्ट समेत असोज १ गतेदेखि खुल्न शुरु भएकाछन् ।

क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले आन्तरिक उडान र निकुञ्जका गतिविधि शुरु हुन थालेसँगै व्यवसायीमा पर्यटकको चहलपहलसँगै व्यापार बढ्ने आश जगाएको जानकारी दिनुभयो । असोज ७ गतेपछि क्रमशः पर्यटक आउन शुरु गरेर दशैँ अगाडिसम्म आन्तरिक र बाह्य पर्यटकहरुको समेत राम्रो चहलपहल हुनेमाव्यवसायी आशावादी देखिएका छन् । सौराहामा ११० होटलर साना ठूला १०० हाराहारीमा रहेका रेस्टुराँ मा प्रत्यक्ष रुपमा पाँच हजार ५०० भन्दाबढी कामदारले रोजगारी पाएका छन् ।

यता, आन्तरिक उडान नियमित बनेपछि र लामो दूरीका यातायातका साधन चलेसँगै पोखराका पर्यटन व्यवसायी पनि उत्साहित देखिएका छन् । पोखराको फेवा लगायतका तालहरुमा पर्यटकहरु आउने आशा सहित डुंगा समेत सञ्चालनमा आउन थालेका छन् । होटल, रेस्टुरेन्ट र पर्यटन व्यवसायीहरु आन्तरिक तथा बाह्य पर्यटक आउने अपेक्षासहित स्वास्थ्य मापदण्ड पुरा गरेर पाहुनाको प्रतिक्षामा बसेका छन् ।


क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश, पर्यटन / सम्भावना
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्