४१औं विश्व पर्यटन दिवस, नेपालको नारा– ‘दिगो विकासका निम्ति ग्रामीण पर्यटन’

काठमाडौं । ४१ औं विश्व पर्यटन दिवस विविन्न कार्यक्रम गरी मनाइँदै छ । यस वर्ष ‘दिगो विकासका निम्ति ग्रामीण पर्यटन’ भन्ने मूल नाराका साथ देशैभर विभिन्न कार्यक्रम गरी पर्यटन दिवस मनाइँदै छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पर्यटन दिवसको अवसरमा काठमडौंको चोभार स्थित मन्जुश्री पार्क पुगेर वृक्षरोपण गरेका छन् ।
बृक्षारोपण पश्चात मन्त्री भट्टराईले कोभिड १९ का कारण अर्थतन्त्रमा नराम्रोसँग धक्का परेको अवस्थामा पर्यटनको क्षेत्रबाट अर्थतन्त्रलाई उठाउन सकिने बताए । कोभिडका कारण देशको आम्दानीका स्रोतहरु घटेको अवस्थामा राज्यले मानिसको स्वास्थ्यलाई जोगाउन पहिलो प्राथमिकता दिएपनि पर्यटन क्षेत्रको विकासका लागि पनि विभिन्न कार्यक्रम ल्याउने तयारीमा रहेको मन्त्री भट्टराईको दाबी थियो । उपत्यका वरिपरिका डाँडाँहरुलाई समेत घुम्न जाने नजिकको गन्तव्यका रुपमा विकास गरिने उनले बताए । चोभारलाई पनि त्यसै कार्यक्रमसँग जोडेर विकास गरिने मन्त्री भट्टराईको दाबी थियो । मन्जुश्री पार्कसँगसँगै उपत्यका वरिपरिका पहाडहरुलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सके उपत्यकाको रात्रिकालीन जीवनको पनि सुरुवात हुने मन्त्री भट्टराईले बताए ।
अबको पर्यटन ग्रामीण पर्यटनमाथि केन्द्रित हुनुपर्ने दाबी गर्दै मन्त्री भट्टराईले गाउँका मानिसहरुको आर्थिक जीवनमा समेत पर्यटनले परिवर्तन ल्याउन सकिने बताए । कोरोना महामारि जारी नै रहँदा देशका पर्यटकिय केन्द्र पोखरा, सौराह खुल्ला गरिएपनि पर्यटन व्यवसायीहरु पर्यटक कुरेर बस्नुपर्नेे अवस्थामा छन् । सरकारले आगामी कार्तिक १ बाट अन्तर्राष्ट्रिय उडान मार्फत समेत पर्यटक आगमन खुल्ला गर्ने तयारीमा छ ।
क्याटेगोरी : देश / प्रदेश, पर्यटन / सम्भावना, विकास / पुर्वाधार
ट्याग : #hot
भरखरै प्रकाशित
- १स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- २चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ३ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ४७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
- ५निर्वाचन स्थलमा मतदाताको लाम, सडक र बजार सुनसान !
तपाईको कमेन्ट लेख्नुहोस्