Techie IT
Mission Khabar

कोरोना सुरु भएयता ३२ देशबाट १ लाख २३ हजार ४१२ नेपाली स्वदेश फर्किए


काठमाडौं । कोरोना महामारी नियन्त्रणका लागि भन्दै सरकारले गत चैतमा अन्तर्राष्ट्रिय सीमानाकासँगै हवाइ उडानमा रोक लगाएको समयमा भएको चार्टर उडान र त्यसपछिको नियमित उडानबाट नेपालीहरु स्वदेश फर्किरहेका छन् ।

चैत ११ देखि आन्तरिक एवं बाह्यतर्फको नियमित हवाई उडान स्थगित गरेको करीब ५ महिना पछि अर्थात भदौ १६ देखि निश्चित सर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन भइरहेका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का अनुसार मंगलबारसम्म १ लाख २३ हजार ४१२ नेपाली स्वदेश फर्किएका छन् । स्वदेश फर्किनेमा वैदेशिक रोजगारीको सिलसिलामा खाडी तथा मलेसिया पुगेका नेपालीहरुको संख्या सबैभन्दा बढी छ ।

कुन देशबाट कति नेपाली स्वदेश फर्किए ?
हालसम्म ३२ देशबाट नेपाली फर्किएको तथ्यांक छ । जोर्डनबाट ५७७, साइप्रसबाट ६४, इराकबाट ३९ र भारतबाट ८५ नेपाली हवाइ उडानमार्फत स्वदेश फर्किएका छन् । अफगानिस्तानबाट ५०, अस्ट्रेलियाबाट १ हजार १००, ओमानबाट २१ सय २६, कतारबाट २३ हजार ३, म्यानमारबाट २६, कुवेतबाट ९ हजार ९२३ र जापानबाट ३ हजार ५४१, थाइल्याण्डबाट ४७७, दक्षिण कोरियाबाट १ हजार ८११, बंगलादेशबाट ९३०, मलेसियाबाट १७ हजथार ९२४ नेपाली स्वदेश फर्किदा माल्दिभ्सबाट १ हजार २६ नेपाली स्वदेश फर्किएका छन् ।

 यस्तै, श्रीलंकाबाट ६, युएईबाट ३५ हजार ६९५, साउदी अरेबियाबाट १७ हजार ३२२, सिंगापुरबाट ८५६, हङकङबाट ५४६, पाकिस्तानबाट १११, बहराइनबाट १ हजार ३३९, अमेरिकाबाट ४३७, बेलायतबाट २२९ र इजरायलबाट १२७ नेपाली स्वदेश फर्किएका छन् । यसैगरी चीनबाट ५४०, फिलिपिन्सबाट २०१, स्वीट्जरल्याण्डबाट १० र दक्षिण सुडानबाट २५० नेपाली स्वदेश कोरोना महामारिका बिच स्वदेश फर्किएका छन् ।

भारतमा कार्यरत ठूलो संख्याका नेपाली स्थलमार्गबाट समेत नेपाल प्रवेश गरेका छन् । सीमानाकाबाट ठूलो संख्याका नेपाली अव्यवस्थित रुपमा नेपाल प्रवेश गर्दा कोरोना संक्रमण समेत देशमा ह्वात्तै बढेको छ ।


क्याटेगोरी : अर्थ / रोजगार, ओझेलका पात्र, देश / प्रदेश, पर्यटन / सम्भावना, विश्व / विविध, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्