कोरोना महामारीका बीच ५ वटा टोलीलाई आरोहण अनुमति, उठ्यो २३ लाख बढी रोयल्टी
काठमाडौं । कोरोना महामारीका बीचमा खुलेको पर्वतारोहण सिजनका दौरान आइतबारसम्म कुल ५ वटा टोलीले आरोहण अनुमति पाएका छन् । पर्यटन विभागका अनुसार यसबीचमा दुई टोलीका २४ जनाले हिमाल आरोहण गरिसकेका छन् । भने बाँकी ३ टोली आरोहणको तयारीमा छन् ।
यसरी हिमाल चढ्नेमा बहराइनका राजकुमारसहित रोयल फोर्सको टोली छ । यो टोलीले मनास्लु (८१६३ मि.)को हिमाल चढेर स्वदेश फर्किसकेको छ । अर्को ६ जना समूहको एक नेपाली टोलीले वरुत्से हिमाल आरोहण गरिसकेको छ । यसअवधिमा कतारका राजकुमारसहितको ६ जनाको टोली अमादब्लम (६८१४मि.) हिमाल चढ्न आएको छ । ग्लाल्जेन पीक (६१५१ मि.) र हिमलुङ हिमाल (७१२६ मिं) आरोहण गर्न दुई समूहले अनुमति लिएका छन् । ग्याल्जेन पीका चढ्न अनुमति लिएको तीन जनाको टोली नेपाली र हिमलुङको अनुमति लिएको ५ जनाको टोली विदेशी रहेको बताइएको छ । विभागका अनुसार अहिलेसम्म जारी ५ वटा आरोहण अनुमतिबाट २३ लाख ६० हजार २ सय ८२ रुपैयाँ रोयल्टी उठेको छ ।
सबैभन्दा बढी १९ लाख ६ हजार ७ सय ४० रुपैयाँ बहराइनका राजकुमारसहितको १८ जनाको टोलीले तिरेको छ । कतारका राजकुमार शेख मोहमद विन अब्दुल्लासहितको टोलीले २ लाख ८२ हजार ४ सय ८० रुपैयाँ रोयल्टी तिरेको छ । बाँकी अन्य टोलीबाट उठेको छ । शरद ऋतुमा हिमाल आरोहणको शुल्क वसन्त ऋतुको तुलनामा ५० प्रतिशत कम छ ।
क्याटेगोरी : अर्थ / रोजगार, पर्यटन / सम्भावना
ट्याग : #hot
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्