Techie IT
Mission Khabar

उच्च पदस्थको नेपाल यात्रा, उठ्ला त कोरोनाले धरमराएको पर्यटन उद्योग ?


काठमाडौं । विश्वमा कोभिड संक्रमणको जोखिम कायमै रहेपनि छिमेकी मुलुकबाट उच्च पदस्थ व्यक्तिहरु नेपाल भ्रमणमा अउँदा पर्यटन क्षेत्र गतिशिल हुने आशा गरिएको छ । सरकारले पर्यटन क्षेत्र खुला गर्ने निर्णय गरेसँगै विदेशी पर्यटकहरुको आगमन बढ्दा नेपाली पर्यटन उद्योग गतिशिल हुने अपेक्षा गरिएको हो ।

बुधबार मात्रै कतारका राजकुमार शेख मोहम्मद विन अब्दुल्ला एम अलथानीसहितको टोलीले आमदब्लम हिमालको सफल आरोहण गरेको थियो । राजकुमार शेखको टोलीदे काठमाडौं फर्किएर संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसँग भेटवार्ता समेत गरेको छ । मन्त्री भट्टराईले उच्च पदस्थको पर्वतारोहणले कोरोनाबाट शिथिल नेपाली पर्यटनले गति पाउने बताउनुभयो । राजकुमार शेख मोहम्मदले लामो समयदेखि आफु नेपाल भ्रमणमा आइरहेको स्मरण गराउँदै छिट्टै अर्को भ्रमणमा आउने विश्वास व्यक्त गरेका थिए । कतारका राजकुमारको टोलीको नेतृत्व अमेरिकी गाइड ग्यारेट सी म्याडसनले गरेका थिए । उक्त टोलीमा पाँच नेपाली गाइडसहित १२ जना सहभागी भएका थिए । राजकुमार शेख मोहम्मद आइतबार स्देश फर्किनेछन् ।

कोरोना महामारीका कारण विश्वको पर्यटन क्षेत्र धराशयी बनेका बेला यसअघि नै बहराइनका राजकुमार सम्मिलित १८ जनाको टोलीले लोबुचे (६,१४५ मिटर) र मनास्लु (८,१६३ मिटर) हिमाल आरोहण गरेको थियो ।


क्याटेगोरी : देश / प्रदेश, पर्यटन / सम्भावना
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्