चिसो भयो देशभरको मौसम, हुम्ला र मुगुमा हिमपात

हुम्ला, काठमाडौं । हुम्ला र मुगुमा गएरातिदेखि भारी हिमपात भएको छ । हिमपातले हुम्ला, मुगुलगायतका हिमाली जिल्लाहरुमा जनजीवन प्रभावित बनाएको छ । उच्च हिमाली जिल्लामा हिमपात भएसँगै देशभर चिसो बढेको छ ।
सिमकोटमा तापक्रम माइनस ८ डिग्री मा झरेको छ । नाम्खा गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष पाल्जोर तामाङले नाम्खा गाउँपालिकाको लिमीमा एक फिट भन्दाबढी हिउँ जमेको जानकारी दिनुभयो । हिमपात सुरू भएपछि लिमिबाट सदरमुकाम सिमकोट आवतजावतमा समस्या भएको बताउनुभयो । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकामा हिमपातले गाईवस्तु, याक चौरीको चरमा समेत समस्या भएको स्थानीयले बताएका छन् । हिमपातले चिसो बढेसँगै भाइटिका थाल्न जानेहरु समेत मारमा परेका छन् ।
पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली भएको हुँदा कर्णालीका हुम्ला, मुगु, जुम्ला, डोल्पा लगायतका जिल्लाहरुमा पानी पर्नुका साथै उच्च हिमाली क्षेत्रका थुप्रै स्थानमा हिमपात भइरहेको छ । उच्च हिमाली जिल्लामा जारी रहेको हिमपात र मौसमी वद्लाबका कारण देशैभर चीसो बढेको छ । पूर्वी नेपालको तुलनामा पश्चिम नेपालमा चीसो बढेको छ ।
क्याटेगोरी : पर्यटन / सम्भावना
ट्याग : #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्