Techie IT
Mission Khabar

पोखरामा अल्ट्रालाइट सञ्चालनमा, तीन दिनपछि आउँछ पालो


कास्की । पोखरामा कोरोना भाइरस महामारीका कारण ८ महिनादेखि बन्द रहेको साहसिक खेल ’अल्ट्रालाइट’ सञ्चालनमा आएको छ । एक हप्तादेखि सञ्चालन भइरहेको अल्ट्रालाइटले पर्यटनलाई चलायमान बनाउने आशा गरिएको छ ।

पोखरा अल्ट्रालाइटका संचालक पोमनारायण श्रेष्ठले ७ हजार शुल्क लिइने अल्ट्रालाइटले हाल ५५ सय रुपैयाँमा उडान गरिरहेको जानकारी दिनुभयो । अल्ट्रालाइटले एक पटकमा १५ मिनेटमात्रै उडान भर्नेछ । दिनमा चार पटकसम्म उडान गरिएको छ । पोखरामा जम्मा चारवटा मात्रै अल्ट्रालाइट छन् । चारवटा अल्ट्रालाइट दिनमा एक–एकपटक मात्र उडान गरिएको र स्वास्थ्य मापदण्डलाई ध्यान दिएर उडान गरिएको कम्पनीले जनाएको छ ।

यता, अल्ट्रालाईट र प्याराग्लाईडिङमा उड्नेहरुको चाप बढ्दा उडानका लागि तीन दिन कुर्नुपर्ने बाध्यता आएको बताइएको छ ।


क्याटेगोरी : देश / प्रदेश, पर्यटन / सम्भावना, विकास / पुर्वाधार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्