मनोरम हिमश्रङ्खला दृश्यावलोकन गराइने माउन्टेन फ्लाइट सुरु, बुद्ध एयरको आकर्षक अफर

काठमाडौं । सर्वोच्च शिखर सगरमाथासहितका आकर्षक एवं मनोरम हिमश्रङ्खला दृश्यावलोकनका लागि हुने पर्वतीय उडान (माउन्टेन फ्लाइट) करिब ८ महिनापछि सुचारु भएको छ । स्वदेशी तथा विदेशी यात्रु निकै लालायीत हुने पर्वतीय उडान कोभिड–१९ सङ्क्रमणका कारण बन्द रहेकोमा शनिबारदेखी शुरु भएको हो । विशेषगरी शरद ऋतु पर्वतीय उडानका लागि उपयुक्त मानिन्छ । पर्वतीय उडानको आकर्षण पछिल्लो समय निक्कै बढ्दो छ ।
निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले बन्दाबन्दीको करिब आठ महिनापछि पर्वतीय उडान शुरु गरेको छ । कोभिड महामारीकाबीच बुद्धले शनिबार पहिलो पटक पर्वतीय उडान शुरु गरेको हो । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पर्वतीय उडान सञ्चालन गरिएको बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले जानकारी दिनुभयो । शनिबारको पहिलो उडानमा १८ नेपाली यात्रुले उडान भरेका थिए । पर्वतीय उडानमा विदेशी तथा नेपाली दुवैको आकर्षण रहे पनि अहिले विदेशी पर्यटकको चहलपहल छैन । यसअघि बुद्धले अङ्ग्रेजी वर्ष सन् २०२० को मार्च १७ मा अन्तिम पर्वतीय उडान भरेको थियो । त्यसपछि नेपालमा कोभिड नियन्त्रणका लागि देशभार लागू भएको बन्दाबन्दी र पछिल्लो निषेधाज्ञाका कारण हवाई उडान खुलेको थिएन । असोज ५ देखि आन्तरिक उडान र भदौ १६ बाट अन्तरर्राष्ट्रिय उडान नियमित बनेको छ ।
आन्तरिक पर्यटलाई आकर्षण गर्नेगरी बुद्धले आकर्षक छुट तथा अफरसहित पर्वतीय उडान सञ्चालन गरेको जनाएको छ । पर्वतीय उडानका यात्रुले बुद्ध एयरको एउटा टिकट खरिद गर्दा थप एक टिकट निःशुल्क पाउने छन् । शरद ऋतु दृश्यावलोकन र पदयात्राका लागि उपयुक्त मौसम मानिन्छ । जहाज तथा हेलिकप्टरलेसमेत पर्वतीय उडान भर्ने गरेकोमा अहिले भने अवस्था प्रतिकुल छ । अहिले अवस्था सामान्य हुन्थ्यो भने पर्वतीय उडानमा निक्कै भीड लाग्ने गर्दथ्यो । पर्वतीय उडान काठमाडौँबाट आवतजावत गरी एक घण्टाको हुन्छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट उडान शुरु भई गणेश हिमाल, सगरमाथा हुँदै कञ्चनजङ्घा हिमाल नजिक पुगेर पुनःकाठमाडौँमा अवतरण गरिन्छ । अग्ला हिमालसँगै महाभारत पर्वत शृङ्खलाको रमणीय दृश्य हेर्न स्वदेशी तथा विदेशी पर्यटक लालायीत हुँदा यो उडानको माग बढ्दो छ ।
पर्वतीय उडानका लागि बन्दाबन्दीअघि नेपाली र भारतीयलाई ८ हजार ८२५ र अन्य मुलुकका नागरिकलाई १९७ अमेरिकी डलर भाडा लाग्ने गरेको थियो । बुद्ध एयर, यती एयरलाइन्स र सिम्रिक एयरलाइन्सले पर्वतीय उडान भर्दै आएका छन् । वायु सेवा सञ्चालक सङ्घका अनुसार आन्तरिक उडानका लागि हाल १० हेलिकप्टर कम्पनीसहित १९ वटा वायुसेवा प्रदायक कम्पनीले उडान भर्ने गरेका छन् ।
क्याटेगोरी : देश / प्रदेश, पर्यटन / सम्भावना, विकास / पुर्वाधार
ट्याग : #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्