माउन्टेन फ्लाइटमा यात्रुको आकर्षण, एकै दिन ८ उडान
करिब ५०० यात्रुले गरे सगरमाथा लगायतका हिम श्रृङ्खलाको अवलोकन

काठमाडौं। सर्वोच्च शिखर सगरमाथासहितका हिमालको मनोरम दृश्वावलोकन गर्न पाउने भएसँगै नेपालको पर्वतीय उडानमा यात्रुको आकर्षण बढ्न थालेको छ । कोभिड–१९ सङ्क्रमणकै बीच गत मङ्सिर २० देखि सञ्चालनमा आएको पर्वतीय उडानमा यात्रुको आकर्षण दिनहुँ बृद्धी भएको एयरलाइन्स कम्पनीहरुले जानकारी दिएका हुन् ।
बन्दाबन्दीको झण्डै नौ महिनापछि खुलेको पर्वतीय उडानमा आन्तरिक पर्यटकको आकर्षण बढेको पाइएको छ । कोभिडअघि प्रायः विदेशीका लागि मात्र पर्वतीय उडान हुनेगरेकोमा अहिले नेपालीहरुले समेत उडान भर्न पाएपछि आकर्षण बढेको हो । नेपाली यात्रुलाई लक्षित गर्दै एयरलाइन्सले छुटसहितका विभिन्न अफर ल्याएपछि यो उडानमा झनै यात्रु ओइरिएका छन् । दुवै कम्पनीले एक टिकट खरिदमा अर्को सित्तैमा उपलब्ध गराइरहेका छन् । निजी वायुसेवा कम्पनी बुद्ध र यती एयरलाइन्सले हरेक शनिबार पर्वतीय उडान गर्दै आएका छन् ।
शनिबार एकै दिन आठ पर्वतीय उडान भएका छन् । बुद्ध एयरले पाँच र यती एयरले तीन उडान भरेका छन् । यतीको सिमराबाट पनि पर्वतीय उडान तय गरेको भए पनि मौसम खराबीका कारण उडान रद्द भएको कम्पनीले जनाएको छ । राजधानी काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ७ः०० बजे पर्वतीय उडान हुँदै आएको छ । अघिल्लो शनिबार दुवै कम्पनीका उडान रद्द भएकाले पनि आज एकै दिन धेरै उडान भएको पाइएको छ ।
गत शनिबार बुद्धका चार र यतीका (सिमरासहित) चार उडानमध्ये यतीले एक मात्र उडान भएको थियो । आज बुद्ध एयरले पाँच उडानमार्फत ३०० यात्रुलाई सगरमाथा लगायतका हिम श्रृङ्खलाको अवलोकन गराइएको जानकारी दिएको छ । यात्रुको उत्साहवर्द्धक माग बढेकाले अन्य दिन पनि पर्वतीय उडान गर्ने योजना रहेको बुद्ध एयरले जानकारी गराएको छ ।
क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, जीवन भोगाई, देश / प्रदेश, पर्यटन / सम्भावना
ट्याग : #breaking
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्