Techie IT
Mission Khabar

“क” लाल दरबार रोधी घरको १८ औँ वार्षिक उत्सब, सरकारसँग यस्ता माग


काठमाडौं । काठमाडौंको गौशालामा रहेको क लाल दरवार रोधी घर, नेपाली कला संस्कृतिलाई जोगाउने अभियानमा निरन्तर क्रियाशिल हुँदै आएको छ । स्थापनाको १८ औँ वर्ष पुरा गरेर १९ औँ वर्षमा प्रवेश गरेको यो रोधी घरले नेपाली लोक भाकाको संरक्षणका साथै लोक कलाकार समेत उत्पादन गर्दै आएको छ ।

आफ्नो १८ बर्षे यात्रा पुरा गरेको अवशरमा क लाल दरबार रोधी घरले विभिन्न कार्यक्रमको आयोजना गरेर कर्मचारीलाई प्रोत्साह गर्ने काम गरेको छ । तीन दिनसम्म वार्षिक उत्सब मनाएको रोधी घरले उत्कृष्ट कर्मचारिलाई सम्मान गरेको छ । ३० जना कर्मचारी कार्यरत रहेको रोधी घरले विभिन्न आरोह अवरोध पार गर्दै आएको छ ।

चावहिल–गौशाला रात्रिकालिन मनोरञ्जन व्यवसाय संघका अध्यक्ष समेत रहेका रोधी घरका सञ्चालक केशर बुढाथोकी लगानी सुरक्षामै चुनौती रहेको बताउँछन् । कोरोना महामारिका कारण लामो समय बन्द रहेको व्यवसाय खुलेको केही महिना भएपनि अझै ग्राहकको उपस्थिति नगन्य हुँदा कर्मचारीलाई तलब दिन र भाडा तिर्न नै धौँ धौँ भएको गुनासो सञ्चालक बुढाथोकीको छ । कलाकार उत्पादन तथा लाखौँलाई रोजगारी दिएको रात्रिकालिन व्यवसायलाई राज्यले सम्मानका साथ हेर्नुपर्ने बुढाथोकीको माग रहेको छ ।
यस्तो देखियो वार्षिक उत्सबमा


क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश, पर्यटन / सम्भावना
ट्याग : #hot


तपाईको कमेन्ट लेख्नुहोस्