Techie IT
Mission Khabar

करबृद्धिको बिरोध गर्दै पाकिस्तानको जरवान्डाबासी सडकमा


एजेन्सी, कोहट । पाकिस्ताको जरवान्डाका स्थानीय बासिन्दा मंगलबार कोहाट क्यान्टोनमेन्ट बोर्डले गरेको भारी कर बृद्धिको बिरोधमा उत्रिएका छन् ।

पाकिस्तानी सेनाद्धारा संचालित क्षेत्रमा क्यान्टोनमेन्ट बोर्डले भारी शुल्क बृद्धि गरेको बारे स्थानीयले कोहट तहसील नगरपालिका प्रशासनसँगै बिरोध गर्दै ज्ञापन पत्रपनि बुझाएका थिए । पेशावर हाईकोर्टले यस भन्दा पहिले क्यान्टोनमेन्ट बोर्डलाई उक्त क्षेत्रको सीमांकनको फैसला सुनाउनको लागि आयोग गठन गर्न निर्देशन दिएको थियो । प्रदर्शनकारीहरूले उच्च अदालतको फैसला बिपरीत शिविर बोर्डले आयोग नै गठन नगरी एकतर्फि कर बृद्धि गरेको जिकिर गरेका छन् । स्रोतः सी फाइ


क्याटेगोरी : विश्व / विविध, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्