Techie IT
Mission Khabar

अमेरिकी सेना फिर्तीसँगै चीनद्वारा अफगानिस्तानमा ४.६० लाख करोड लगानी प्रतिबद्धता


एजेन्सी,काबुल । अफगानिस्तानबाट अमेरिकी सेनाको फिर्ती प्रक्रियालाई अर्को शक्तिराष्ट्र चीनले अवसरको रुपमा सदुपयोग गर्न खोजेको छ । चीनले अफगानिस्तानमा आफ्नो महत्वाकाङ्क्षी बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मा लगानी गर्ने तयारी थालेको हो ।

काबुलमा चीनले ४.६० लाख करोड रुपैयाँ लगानी गर्ने जानकारीसहित योजनाको तयारी नै थालेको पाइएको छ । उक्त योजना चीन—पाकिस्तान आर्थिक करिडोरकै एक हिस्साका रुपमा अघि बढ्ने बताइएको छ । जसमा उत्तर–पश्चिम पाकिस्तानबाट अफगानिस्तान र चीनको बीचमा एक करिडोरको निर्माण हुनेछ । यसले चीनलाई मध्यपूर्व, मध्य एसिया र युरोपसम्म व्यापारको बाटो खोल्ने अपेक्षा गरिएको छ । काबुल र पेशावरबीच बाटो बनाउनेबारे अधिकारीहरुबीच अहिले छलफल चलिरहेको छ । पाँचवर्षदेखि चीनले अफगानिस्तानमा बीआरआईलाई विस्तार गर्ने योजना बनाइरहेको भएपनि अमेरिकाको उपस्थितीको कारण पुरा हुन पाएको थिएन् ।

चीन र अफगानिस्तान सरकारबीच वार्ताहरु भएपनि अमेरिकाको कारण प्रक्रिया अघि बढ्नबाट रोकिएको थियो । अमेरिकाले सेप्टेम्बर ११ सम्म अफगानिस्तानबाट आफ्ना सैनिक फिर्ता गर्ने तयारी थालेको छ । काबुलस्थित प्रमुख सैन्य अड्डालाई पछिल्लो साता नै अमेरिकाले छाडिसकेको छ । योसँगै चीनको चासो अफगानिस्तानमा बढ्न थालेको छ ।


क्याटेगोरी : विश्व / विविध

तपाईको कमेन्ट लेख्नुहोस्