Techie IT
Mission Khabar

अफगानिस्तानमा तालिबानले मानव अधिकार दुरुपयोग गरेको भन्दै संयुक्त राष्ट्रसंघद्धारा निन्दा


काबुल । संयुक्त राष्ट्रसंघले अफ्गानिस्तानमा भईरहेको मानव अधिकार दुरुपयोगको निन्दा गरेको छ ।अफ्गानिस्तानमा विद्रोही लडाकु समुह तालिबान र सुरक्षा बल बीचको द्धन्द्धका कारण भईरहेको मानव अधिकार दुरुपयोगबारे संयुक्त राष्ट्रसंघले चिन्ता व्याक्त गरेको हो ।

अफ्गानिस्तानमा तालिबान र सुरक्षा बलबीच द्धन्द्ध चर्केको बेला सर्वसाधारणहरु मारमा परेका छन् । सर्वसाधारणको ज्यान लिने, उत्पीडन, दुव्र्यावहार गरी तथाब सिर्जना गर्नेमाथि कडा कारबाही गर्नुपर्ने अफ्गानिस्तानस्थित संयुक्त राष्ट्रसंघ असिस्टेन्स मिसनले बताएको छ । पछिल्लो समय तालिबानले सुरक्षा बल र सर्वसाधारणमाथि जथाभावि आक्रमण र कारबाही गरिरहेको छ । लामो समययता युद्ध संकटमा फसेको अफ्गानिस्तानमा आतंकवादी गतिविधि परास्त पारेको भन्दै विदेशी सुरक्षा बलहरु घर फर्कीरहेको बेला तालिबान र सुरक्षा बलबीच पुन द्धन्द्ध सुरु भएको छ ।

अफ्गानिस्तानमा सर्वसाधारणको रक्षा र शान्तिपूर्ण वातावरणका लागि शान्ति वार्ता र प्रतिबद्धता गर्नु आवश्यक रहेको संयुक्त राष्ट्रसंघ एजेन्सीले जनाएको छ । स्रोत जी फाईभ


क्याटेगोरी : विश्व / विविध

तपाईको कमेन्ट लेख्नुहोस्