Techie IT
Mission Khabar

पाकिस्तानमा नोबेल शान्ति पुरस्कार विजेता मलाला समावेश विद्यालय पाठ्यक्रम बरामद


एजेन्सी, लाहोर । पाकिस्तानको पञ्जाब प्रान्तमा नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजई समावेश विद्यालय पाठ्यक्रम बरामद गरिएको छ। पञ्जाब करिकुलम एण्ड टेक्स्ट्बुक बोर्ड (पीसीटीबी) ले मलाला समावेश गरिएको कक्षा ७ को सामाजिक शिक्षा पाठ्यक्रम नियन्त्रणमा लिएको हो ।

सन् १९६५ का युद्ध नायक मज अजिज भट्टी शाहिद जस्ता महान व्याक्तित्व सँगै मलालाको नाम समावेश भएको प्रति घोर आपत्ति जनाउँदै पीसीटीबीले पाठ्यक्रम बरामद गरेको हो । पाठ्यक्रमको पृष्ठ ३३ मा महान व्याक्तित्वहरु क्वाइद इ अजम मुहम्मद अलि जिन्हा, राष्ट्रिय कवि अल्लामा इकबाल, सर सइद एहमद खान, लियाकत अलि खान, परोपकारी व्याक्ति अब्दुल सक्त इधी, बेगम राना लियाकत अलि खान, निसान इ हैदर, युद्ध नायक मज अजिज भट्टी शहिद र नोबल शान्ति पुरस्कार विजेता मलाला युसुफजईको तस्बिर समावेश गरिएको थियो । पीसीटीबी, प्रहरी लगायत निकायले बिभिन्न शैक्षिक संस्थान र पुस्तक पसलहरुबाट उक्त पाठ्यक्रम बरामद गर्न निर्देशन दिएको छ ।

युद्ध नायक अजिज भट्टी जस्ता महान व्याक्तित्वसँग मलालाको नाम समावेशप्रति उनीहरुले घोर आपत्ति जनाएका हुन् । महिला शिक्षा तथा बालबालिका अधिकारकर्मी मलाला सबै भन्दा सानो उमेरमा नोबेल शान्ति पुरस्कारद्धारा सम्मानित व्याक्ति हुन् । स्रोत डन


क्याटेगोरी : विश्व / विविध

तपाईको कमेन्ट लेख्नुहोस्