Techie IT
Mission Khabar

पाकिस्तानस्थित चिनियाँ परियोजनामा कार्यरत कामदारहरुको साथमा बन्दुक


एजेन्सी, इस्लामाबाद । पाकिस्तानमा चिनियाँ परियोजनामा कामदारहरुले बन्दुक साथमा राखेर काम गरिरहेका छन् । पाकिस्तानमा चीन पाकिस्तान आर्थिक कोरिडोर परियोजना लक्षित आक्रमणका घटना हुन थालेसँगै चिनियाँ कामदारहरुले साथमा बन्दुक राख्न थालेका हुन् ।

उनीहरुले आत्मरक्षाका लागि एके फोट्टी सेभेन बन्दुक साथमा राख्ने गरेको पाईएको छ । गत जुलाई १४ मा खेबर पख्तुन्ख्वास्थित दासु जलबिधुत परियोजना तर्फ गईरहेका कामदारहरु सवार बस बिष्फोट भई दुर्घटना भएको थियो । बस बिष्फोटमा नौ जना चिनियाँ कामदार सहित १२ जनाको ज्यान गएको थियो । कामदारहरुले बन्दुक साथमा राखेको बिषयले स्पेशल सेक्युरीटी डिभिजन माथि नै प्रश्न उठेको छ ।

पाकिस्तान सरकारले चीन पाकिस्तान आर्थिक कोरिडोर परियोजनाको सुरक्षाका लागि सन् २०१६ मा उक्त स्पेशल सेक्युरिटी डिभिजन स्थापना गरेको हो । पाकिस्तानको दासु क्षेत्रमा बम बिष्फोटमा नौ जना चिनियाँ कामदारहरुको ज्यान गएपछि साथमा बन्दुक राखेर काम गर्नुपरेपछि स्पेशल सेक्युरिटी डिभिजनको आवश्यकतामाथी प्रश्न उठाएको छ । स्रोत विअन


क्याटेगोरी : विश्व / विविध

तपाईको कमेन्ट लेख्नुहोस्