Techie IT
Mission Khabar

चीनविरुद्धको मोर्चामा फ्रान्सले जापानलाई साथ दिने


एजेन्सी, टोकियो । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनले जापानसँगको सुरक्षा गठबन्धनलाई बलियो बनाउने प्रतिबद्धता जनाएका छन् । फ्रान्सका राष्ट्रपति म्याक्रोनले जापानी प्रधानमन्त्री यशोहिडे सुगासँगको भेटका क्रममा चीनविरुद्धको सुरक्षा गठबन्धन बलियो बनाउने बारे प्रतिबद्धता जनाएका हुन् ।

दुबैजनाको भेटपछि जारीसंयुक्त विज्ञप्तिमा चीनविरुद्ध मिलेर काम गर्न तयार रहेको जनाइएको छ । स्वतन्त्र प्यासिफिकको लागि रक्षा र सुरक्षा क्षेत्रमा मिलेर काम गर्न फ्रान्स र जापान तयार हुँनुले चिन विरुद्धको गठबन्धन बलियो बन्न लागेको संकेत गरेको छ । फ्रान्सको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा समेत इण्डो प्यासिफिक रणनीति र फ्रान्सको ‘पोजिसन’ स्पष्ट पारिएको छ ।

फ्रान्सका राष्ट्रपतिले दक्षिण प्यासिफिक राष्ट्रहरुलाई बेइजिङको व्यवहारविरुद्ध एक हुन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै दक्षिण प्यासिफिक क्षेत्रमा सामुद्रिक रणनीति बनाउन आवश्यक रहेको बताएका छन् । भारत र अस्ट्रेलियामा पनि रणनीतिक गठबन्धन बनाउने र यस क्षेत्रको चुनौतीलाई मिलेर सामना गर्ने दाबी राष्ट्रपति म्याक्रोनले गरेका छन् ।


क्याटेगोरी : विश्व / विविध

तपाईको कमेन्ट लेख्नुहोस्