Techie IT
Mission Khabar

जापानमा वर्षाको जोखिम : २० लाख मानिसलाई सुरक्षित स्थानमा सर्न अपिल


फुकोउका । जापानमा भारी वर्षाका कारण झण्डै २० लाख मानिसलाई घर छोडेर सुरक्षित स्थानमा जान आह्वान गरिएको छ। फुकुओका र हिरोशिमासहितका क्षेत्रमा भारी वर्षाका कारण ठूलो जोखिम व्यहोर्नुपर्ने आँकलनसहित सुरक्षित स्थानमा जान अपिल गरिएको हो ।

लगातारको वर्षासँगै आएको पहिरोका कारण घर भत्किँदा नागासाकीमा एक महिलाको मृत्यु भएको छ भने उनका श्रीमान र छोरी बेपत्ता भएका छन्। उद्धार तथा राहतका लागि १५० भन्दा बढी सुरक्षाकर्मी, प्रहरी तथा अग्निनियन्त्रक परिचालन गरिएको छ । बेपत्ताहरुको खोजी तथा उद्धारसँगै सम्भावित लेदोसहितको पहिरोलाई लिएर चनाखो रहेको स्थानीय अधिकारीले आग्रह गरेका छन् ।

जापानको पश्चिमी क्षेत्र भारी वर्षाका कारण प्रभावित भएको छ। अबको केही दिन देशका विभिन्न क्षेत्रमा लगातार भारी वर्षा हुने पूर्वानुमानसहित सुरक्षित स्थानमा सर्न अपिल गरेको सरकारले नागरिकले बेलाबेलामा मौसम र जोखिम बारेको अलर्ट गराइरहेको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, विश्व / विविध

तपाईको कमेन्ट लेख्नुहोस्