Techie IT
Mission Khabar

भारतको अरुणाचलमा निर्माणाधीन सेला सुरुङ परियोजनाले तवाङ क्षेत्रको यातायातमा सुविधा


एजेन्सी, नयाँ दिल्ली । अरुणाचल प्रदेशको पश्चिम कामेङमा निर्माणाधीन सेला सुरुङ परियोजनाले तवाङ क्षेत्रको विकासमा महत्वपूर्ण योगदान गर्ने विश्वास गरिएको छ । बोर्डर रोड अर्गनाइजेशनले निर्माण गरिरहेको दुई लेनको सुरुङ १३ हजार फिटभन्दा माथिको रहेको छ ।

यो नै यति अग्लो स्थानमा निर्माण भएको सबैभन्दा लामो सुरुङ मार्ग हुनेछ। यसले तवाङलाई यातायातमा सहज बनाउनेछ । सेला पास मुनि निर्माण भइरहेको सुरुङलाई १२.४ किलोमिटरको नयाँ सडकले नेशनल हाइवे १३ राजमार्गमा जोडिनेछ र दिराङ र तवाङबीचको दूरी १० किलोमिटरले घटाउनेछ। यो परियोजनामा ​​१,७९० मिटर र ४७५ मिटर लम्बाइका दुई सुरुङमार्गमा ९८० मिटरको एस्केप ट्यूब समावेश छ। सेप्टेम्बर २०२१ मा, रक्षा मंत्री श्री राजनाथ सिंहले सेला सुरुङ राष्ट्रको लागि महत्वपूर्ण परियोजना भएको बताएका थिए ।

निर्माणाधीन सेला सुरुङ परियोजनाले देशको सबैभन्दा दुर्गम भागहरूलाई पनि जोड्ने छ । सुरुङमार्गले यातायात सुविधामा सुधार गरी स्थानीय जनताको सामाजिक–आर्थिक अवस्थालाई निकै फाइदा पुग्ने विश्वास लिइएको छ ।


क्याटेगोरी : विश्व / विविध

तपाईको कमेन्ट लेख्नुहोस्