स्वराजको माफी : जनकपुरबासीबारे गल्ती बोलेको स्विकार

काठमाडौं, जेठ । जनकपुरबासीलाई भारतीय भन्दै विवादास्पद अभिव्यक्ति दिने भारतीय विदेशमन्त्री सुष्मा स्वराजले गल्ति स्विकार गर्दै माफी मागेकी छन् । ट्विटरमार्फत् माफी मागेकी उनले आफूबाट गल्ती भएको भनेकि छन् ।
नेपालको तेश्रो भ्रमणका क्रममा जनकपुरमा गरिएको नागरिक अभिनन्दनमा प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको सम्बोधनलाई उनले भारतीयलाई सम्बोधन भनेको थिइन् । आफ्नो सम्बोधनको भिडियो नै सार्वजनिक गरेकी स्वराजले ‘मेरो तर्फबाट गल्ती भयो, म इमान्दारीका साथ यसमा माफी चाहन्छु ।’ भनेकी छन् ।
विदेश मन्त्रालयमा सोमबार आयोजित एक कार्यक्रममा स्वराजले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाको मेडिसनदेखि जनकपुरको मैदानसम्म लाखौंलाख भारतीयलाई सम्बोधन गरेर उनीहरुसँग सीधै जोड्ने काम गरेको बताएकी थिइन् ।
क्याटेगोरी : विश्व / विविध, समाचार
भरखरै प्रकाशित
- १स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- २चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ३ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ४७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
- ५निर्वाचन स्थलमा मतदाताको लाम, सडक र बजार सुनसान !
तपाईको कमेन्ट लेख्नुहोस्