Techie IT
Mission Khabar

१२ जुनमै डोनाल्ड ट्रम्प र किम जोङ उनबीच वार्ता हुने


काठमाडौं, जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच १२ जुनमै भेटवार्ता हुने निश्चित भएको छ । ट्रम्प र किम जोङ उननिकट जनरल किम योङ चोलबीच ह्वाइट हाउसमा शुक्रबार भेटवार्ता भएपछि सिंगापुरमा १२ जुनमै भेट हुने निश्चित भएको हो ।
यसअघि १२ जुनमा सिंगापुरमा हुने भनिएको ट्रम्प र किमबीचको भेटवार्ता अमेरिकाबाट एकतर्फीरुपमा रद्द गरेको थियो । उत्तर कोरिया भड्काउमा लागेको ट्रमको आरोप थियो । त्यसयता दुवै देशका कुटनीतिज्ञहरुबीच चलेको संवादले वार्ता सहज बनाएको छ ।भेटवार्तापछि कोरियाली प्रायद्वीपमा युद्धलाई औपचारिक रुपमा समाप्त हुने अपेक्षा गरिएको छ ।


क्याटेगोरी : विश्व / विविध, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्