Techie IT
Mission Khabar

ट्रम्प र किमबीच मंगलबार बहुप्रतिक्षित वार्ता, सुरक्षाको रोजाईमा नेपाली गोर्खा प्रहरी


काठमाडौं\एजेन्सी–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनलाई सिंगापुरमा रहेका गोरखा प्रहरीले सुरक्षा दिने भएका छन् ।

दुई ठूला शक्ति राष्ट्रका प्रमुखको सुरक्षाका लागि नेपाली गोरखा प्रहरीलाई रोजिनुमा नेपाली सेनाको गौरबशाली ईतिहास र विरता मुख्य आधार मान्न सकिन्छ । यो भेटवार्ताको सुरक्षा रोजाईमा सिंगापुरमा रहेका गोर्खा प्रहरी पर्नुको पछाडी नेपालीहरुको इमान्दारिता र आफ्नो जिम्मेवारी प्रतिको बफादारीतालाई पनि लिइएको छ ।

यता, मिति निश्चित भएर पनि होला नहोला भन्ने शंकाको नजरले हेरिएको उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको वार्ता पक्का भएको छ । उनसँग मंगलबार हुने भनिएको भेटवार्ताका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सिंगापुर पुगेपछि बहुप्रतिक्षित वार्ता पक्कापक्की भएको हो । ट्रम्पलाई पाया लेबर एयर बेसमा सिंगापुरका विदेशमन्त्री भिभियन बालाकृणनले स्वागत गरे भने किम केहीदिन यता सिंगापुरमै छन् ।

विश्व जगतको ध्यान खिचिएको ट्रम्प र किमको बहुप्रतिक्षित वार्ता सेन्तासा आइल्याण्डमा रहेको होटल क्यापेलामा मंगलबारका लागि तय भएको । बहालवाला अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीचको यो भेट पहिलो हुनेछ । एक अर्कालाई कटु सत्रु मान्ने यी दुई शक्ति राष्ट्रका राष्ट्र प्रमुखको भेटवार्ताले विश्वभर नयाँ सम्बन्ध र परिवर्तित विश्वको सन्देष दिने बताइएको छ ।


क्याटेगोरी : विश्व / विविध, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्