Techie IT
Mission Khabar

नेपालको सुधारोन्मुख कुटनीति, कहिले हट्ला त डीपीए कार्यालय ?


काठमाडौं– देशले स्थायी सरकार पाएसँगै कमजोर कुटनीतिमा केही सुधार देखिन थालेको छ । छिमेकीसँग समभावको सम्बन्ध स्थापित गर्ने बताइरहेको सरकारले त्यही अनुसारको साझेदारीमा जोड दिदै आएको छ । छिमेकी दुई देशबाट अधिकतम लाभ लिन क्रियाशित वर्तमान सरकारले नेपालको राजनीतिक गतिबिधिको साप्ताहिक रिपोर्ट न्यूयोर्कस्थित राष्ट्रसंघ मुख्यालयमा पठाउने डिपार्टमेन्ट अफ पोलिटिकल अफेयर्स (डीपीए)लाई बन्द गराउने निर्णय गरेको छ ।

यो निर्णयलाई नेपालको सुधारिएको कुटनीतिका रुपमा हेरिएको छ । नेपाल बारेको सूचना बाहिर पठाउन र अनावश्यक राजनीतिक घटनाक्रममा डिपीएले सहयोग गरेको पाइएपछि सरकारले त्यहाँ कार्यरत कर्मचारीहरुलाई तीन महिनाभित्र फिर्ता हुन निर्देशन दिएको थियो । हाल जापानी महिला प्रमुख रहेको यो कार्यालय सात वर्षदेखी सञ्चालनमा थियो । जहाँ नेपालका थुप्रै सञ्चारकर्मीहरु आकर्षक तलबसहित नेपाल मामिला बारेको सुचना आदानप्रदानमा सक्रिय रहेको सरकारी दाबी छ । नेपालको शान्ति प्रक्रियामा सघाउन आएको अनमिन सेना समायोजन र हतियार व्यवस्थापनको काम सम्पन्न गरेर फर्किएपछि केही समयका लागि भन्दै डीपीए स्थापना गरेपटि हटाउन चासो दिइएको थिएन ।

डीपीएमा कार्यरत केही कर्मचारीले ‘अलग तराई’ को वकालत गर्ने सीके राउतलाई सहयोग गरेको आरोप यस अघि पनि लाग्दै आएको थियो । सरकारले मन्त्रिपरिषद बैठकबाटै डीपीएको फिल्ड कार्यालय बन्द गराउने निर्णय गरेर न्यूयोर्कस्थित राष्ट्रसंघीय मुख्यालयमा जानकारी दिइसकेको छ । पुल्चोकस्थित राष्ट्रसंघीय आवासीय कार्यालयमा बोधार्थ समेत पुगेको अवस्थामा सो कार्यालय कहिले हट्छ ? नेपालको सुधारिएको कुटनीति र स्वनिर्णय यसैमा निर्भर देखिनेछ ।


क्याटेगोरी : विश्व / विविध, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्