Techie IT
Mission Khabar

ट्रम्प र किमबीच भेटवार्ता : मिलेर ठूला समस्याको समाधान खोजिने


काठमाडौं\जेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोंग उनबीच भेटवार्ता भएको छ । सिंगापुरको सेन्टोसा द्वीपमा अवस्थित होटल क्याम्पेलामा करिब ५० मिनेट भएको भेटवार्तामा सकारात्मक छलफल भएको बताइएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार भेटवार्तामा दुबै नेता मिलेर ठूला समस्याको समाधान निकाल्ने सहमती भएको छ । मिलेर काम गर्ने र सफलता मिल्ने कुरामा दुबै विश्वस्त रहेका छन् । अन्तर्राष्ट्रिय समाचार ऐजेन्सीका अनुसार किम र ट्रम्पबीच बन्द कोठाभित्र करिब ५० मिनेट वार्ता भएको छ । वार्तामा दुवै पक्षबाट दोभाषेको व्यवस्था गरिएको थियो । वार्तामा अमेरिकाको तर्फबाट विदेश मन्त्री माइक पोम्पियो र राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टन सहभागी भएको बताइएपनि उत्तर कोरियाली पक्षको सहभागिता भने खुलेको छैन ।

वार्ता सुरु हुनुअघि दुवैले हात मिलाएर एकअर्कालाई स्वागत गरेका थिए । पछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै पुराना मान्यताहरुले रोकेपनि अब सहज र सकारात्मक सुरुवात भएका थिए ।


क्याटेगोरी : विश्व / विविध, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्