Techie IT
Mission Khabar

अमेरिकी आप्रवासीमाथी कडा बन्दै ट्रम्प प्रशासन, एकै दिन १८ नेपाली सहित ८० पक्राउ


काठमाडौं\अमेरिका–ट्रम्प प्रशासनले आप्रवासन नीतिमा कडाइ गरेसँगै अमेरिकामा १८ नेपालीसहित ८० जना दक्षिण एसियाली नागरिक पक्राउ परेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यम तथा अधिकारबादी संस्थाका अनुसरा पक्राउ गरिएका सबैलाई अहिले ओरेगनको एक कारागारमा राखिएको छ । धरपकटको प्रयास जारी रहेकोले यो संख्या बढ्न सक्ने बताइएको छ । पहिलो चरणमा १८ नेपाली, ५२ जना भारतीय, पाँच चिनियाँ र ३० मध्य अफ्रिकी देशका नागरिक नियन्त्रणपछि जेलमा राखिएका छन् ।

पक्राउ परेकामध्ये अधिकांश आफ्नो मुलुकमा हिंसा रहेको तथा आफू कारवाहीको भागिदार बन्ने खतरा देखाउँदै अमेरिका प्रवेश गरेर शरण लिएकाहरु छन् । कानुनी अधिकारबाट बञ्चित गरिएपनि सबैलाई एक्लाएक्लै राखिएको अन्तर्राष्ट्रिय अधिकारबादी संघसंस्थाले जनाएका छन् ।


क्याटेगोरी : विश्व / विविध, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्