Techie IT
Mission Khabar

अबैधानिक कामदार बिरुद्ध आक्रामक बन्दै मलेसिया, २ सय बढी नेपाली सहित ७ हजार पक्राउ


काठमाडौं एजेन्सी – कानुन विपरित मलेसिया बसेकाहरु बिरुद्ध मलेसिया सरकारले सुरु गरेको ‘ओपी मेगा–३’ अप्रेसन तिब्र भएको छ । अबैधानिक कामदार बिरुद्धको कारबाही थालेको एक सातमै ६ हजार ६ सय ७८ जना विदेशी पक्राउ परिसकेका छन् । मलेसियास्थित नेपाली दुतावासका अनुसार यी मध्ये २ सय बढी नेपाली रहेका छन् ।

१ हप्तादेखि धमाधम अनुमति नलिईकन बसेका कामदार पक्राउ गरिरहेको मलेसियाले गैरकानुनी कामदारलाई स्वदेश फर्कन आगामी अगस्टसम्मको समय दिएको छ । तर आममाफी प्रक्रियाको आवेदन दिने अप्रिल ५ देखि जून ३० सम्मको समयावधि गुजारेर लाखौँ कामदार बसेको पाइएपछि सरकारले विशेष अभियान चलाएको बताइएको छ । मलेसियाको गृह मन्त्रालय र अध्यागमन विभागको टोलीले राजधानी क्वालालम्पुरका जलान तुन रजाक, सेन्ट्रल मार्केट, पासार सेनि, लेबु पुडु, मेडान पासार, पेतालिङ स्ट्रिट र जलान सिलाङमा धरपकड गरेर हजारौँलाई पक्राउ गरेको छ भने अन्य शहरमा अभियान जारी छ ।

विगत तीन बर्षदेखी अहिलेसम्म मलेसिया सरकारले विदेशी कामदारमाथि गरेको यो धरपकड पाँचौ पटक हो । विगतका आममाफी प्रक्रियाबाट ३० हजारभन्दा बढी नेपाली कामदार स्वदेश फर्किएपनि अझै एक लाख नेपाली मलेसियामा गैरकानुनी रुपमा बसेर काम गरिरहेको अनुमान मलेसियास्थित नेपाली दूतावासको छ ।


क्याटेगोरी : विश्व / विविध, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्