Techie IT
Mission Khabar

जापानमा बाढी पहिरो प्रकोप : १६ जनाको शब भेटिदा ५० बढि बेपत्ता


जापान– सुनिता अधिकारी (बस्ताकोटी) । जापानस्थित पश्चिमी भागका विभिन्न क्षेत्रमा जारी रहेको बर्षासँगै आएको बाढीमा परि १६ जनाको ज्यान गएको छ । शनिवार दिउँसोसम्म कम्तिमा १६ जनाले ज्यान गुमाएको र अझै ५० जनाभन्दा बढि हराइरहेको जापानस्थितअधिकारीहरुले जानकारी दिएका छन् ।

विहान १० बजेसम्म ८ जना र दिउँसो थप ८ जनाको शब भेटिएको छ । बर्षा र बाढी प्रभावित क्षेत्रमा आत्मरक्षा दल, प्रहरी तथा अग्नि नियन्त्रक कर्मचारी४ हजार ८ सय परिचालित छन् । उद्दार कार्य अझै जारी राखिएको बताइएको छ । मृतक मध्ये ९ जना हिरोसिमा प्रिफेक्चरका र अन्य ओशाका, सिगा, ह्योगो तथा ओकायामा फ्रिफेक्चरका वासिन्दा रहेको बताइएको छ । हिरोसिमा, ओकाया र फुकुओकाका करिव ३ लाख घरपरिवारलाई सुरक्षित स्थानमा जान अलट गरिएको छ ।

हराएका र सम्पर्क बिहिन भएकाहरुको खोजि तिब्र पारिएपनि उनीहरुलाई खोलाले बगाएको हुनसक्ने आशंका गरिएको छ ।
जापानको मौषम विभागले दक्षिण पश्चिम क्षेत्रमा रहेका फुकुओका, सागा तथा नागासाकी क्षेत्रमा जोखिम बढ्नसक्नेतर्फ सचेत गराउँदै सतर्क रहनका लागि हाई अलर्ट जारी गरेको छ । जापानको मौषम विभागका अनुसार अइतबारसम्म थप भारी बर्षा सँग बाढि पहिरो र चट्याङको जोखिम जापानका विभिन्न क्षेत्रमा छ ।

धेरै स्थानहरुमा पानी जमेको छ भने भारी बर्षाका कारण आवतजावत नै प्रभावित भएको छ । केही दिनदेखिको जारी बर्षाबाट थुप्रै नेपालीहरु प्रभावित भएका छन् । अहिलेसम्म नेपालीको ज्यान गएको र घाइते भएको रेकर्ड नभएपछि थुप्रै जोखिममा भने फसेका छन् ।


क्याटेगोरी : विश्व / विविध
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्