Techie IT
Mission Khabar

टर्की संकटकालबाट मुक्त, दुई बर्ष लामो सकसबाट आम नागरिकले मुक्ति पाए


काठमाडौं\एजेन्सी– टर्कीमा सन् २०१६ मा भएको असफल ‘कू’ पछि लगाइएको संकटकाल बिहीबारबाट हटेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सरकारी अधिकारीलाई अद्यृत गर्दै जनाए अनुसार दुई वर्षदेखि जारी संकटकालबाट टर्की मुक्त भएको छ ।

दुई सय ९० जनाको मृत्यु र एक हजार चार सय मानिस घाइते हुने गरी भएको आक्रमणलाई असफल ‘कू’ को संज्ञा दिदै सन् २०१६ को जुलाई २० देखि टर्कीमा संकटकाल घोषणा भएको थियो । सरकारविरुद्धको ‘कू’ मा संलग्न पाइलटले हेलिकप्टर चोरेका थिए, जसलाई एफ–१६ जेटबाट प्रहार गरी झारेर असफल पारिएको थियो ।

देशको प्रजातान्त्रिक वातावरण, संवैधानिक अधिकारका न्यूनतम मान्यता र नागरिक स्वतन्त्रतामाथि भएको हस्तक्षेपका कारण टर्कीले यति लामो समयको संकटकाल व्यहोर्नुपरेको थियो ।


क्याटेगोरी : विश्व / विविध

तपाईको कमेन्ट लेख्नुहोस्