Techie IT
Mission Khabar

बिमस्टेकको चर्चा : अन्तरदेशिय रेल, विद्युतिकरण, बुद्ध सर्किटको अवधारणादेखी संयुक्त शैन्य अभ्याससम्म


काठमाडौं– १८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन समापन काठमाडौंमा सम्पन्न भएको छ । बिहीवारबाट काठमाडौंमा अध्यक्ष राष्ट्रका रुपमा प्रधानमन्त्री के.पी. ओलीबाट उद्घाटन भई सुरु भएको सम्मेलन शुक्रवार काठमाडौं घोषणपत्र जारी गर्दै सम्पन्न भएको हो । उर्जाका क्षेत्रमा सहकार्य गर्ने सहमति गरेको चौथो बिम्स्टेक सम्मेलनले जनस्तरमा सम्बन्ध विस्तारमा जोड दिएको छ ।

विभिन्न क्षेत्रका प्रबुद्ध व्यक्तिहरुको समुह बनाएर सहकार्यको गृहकार्य गर्ने सहमती जुटेको बैठकबाट २०२० मा नेपालले बिमस्टेक पर्यटन सम्मेलनको आयोजना गर्ने सहमति भएको छ । बिम्स्टेकको काठमाडौं सम्मेलनले बुद्ध सर्किटको अवधारणालाई मुर्तरुप दिने समझदारी गरेको छ । माउन्टेन इकोनोमी, कनेक्टिभिटीका लागि मास्टर प्लान बनाउने सहमति गरेको बिमस्टेकले प्रतिबद्धता कार्यान्वयनका लागि संयन्त्र निर्माण गर्ने भएको छ । सम्मेलनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बिम्स्टेकको आगामी अध्यक्षका लागि श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेनालाई पद हस्तान्तरण गरेका थिए ।

नेपाल सन् २०१४ मा म्यानमारमा सम्पन्न तेस्रो शिखर सम्मेलनपछि बिम्स्टेकको अध्यक्ष बनेको थियो । प्रधानमन्त्री ओलीले नेपालमा भएको बिमस्टेकलाई सफलताका साथ सम्पन्न गर्न गरेको सहयोगप्रति सदस्य राष्ट्रका प्रमुखमाथी आभार प्रकट गरे । प्रधानमन्त्री ओलीले बिम्स्टेकलाई चलायमान, प्रभावकारी र परिणाममुखि क्षेत्रीय संगठन बनाउन चौथो सम्मेलनले बल मिलेको बताएका थिए ।

निर्णय तथा सहमतिको पूर्ण कार्यान्वयन भए मात्रै क्षेत्रीय साझेदारीको लाभ जनतासम्म पुग्ने प्रधानमन्त्री ओलीको विश्वास थियो । विद्युत विकास र आदानप्रदानमा सहमति जुटेको बिमस्टेक सम्मेलनले संयुक्त शैन्य अभ्यासलाई गति दिने भएको छ ।


क्याटेगोरी : विश्व / विविध, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्